साँखु बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न नेकपा ( एमाले) शंखरापुर ६ र ७ वडा कमिटीले गरायो नगरपालिकाको ध्यानाकर्षण

साँखु बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न नेकपा ( एमाले) शंखरापुर ६ र ७ वडा कमिटीले गरायो नगरपालिकाको ध्यानाकर्षण

कपन अनलाइन

काठमाडौं, साउन २३। साँखु बजार क्षेत्रको  फोहोर व्यवस्थापन  गर्न नेपाल कम्युनिष्ट पार्टी ( एमाले) शंखरापुर नगरपालिका वडा नं ६ र ७  कमिटीले नगरपालिकाको ध्यानाकर्षण गराएको छ। साँखु बजार क्षेत्रमा फोहोर संकलन नभए संगै नेकपा एमाले शंखरापुर नगरपालिका वडा नं ६ र ७ का वडा कमिटी अध्यक्षहरु प्रेम कृष्ण श्रेष्ठ र हरी कृष्ण डंगोलको नेतृत्वमा नगरपालिकामा गएको टोलीले नगर प्रमुख  रमेश नापित र उप प्रमुख  समिता श्रेष्ठलाई ज्ञापन पत्र पेश गर्दै ध्यानाकार्षण गराइएको हो।

साँखु बजारमा केही महिना देखि फोहोर संकलन कार्य नभएसंगै  बजारवासी समस्यामा परेको र  फोहोर संकलन नहुँदा संक्रमणजन्य रोगहरू फैलने सक्ने खतरा भएकोले यथाशीघ्र सरोकारवाला निकायसंग समन्वय गरी फोहोर संकलन कार्य नियमित गर्न नगरपालिकाले पहल गर्न नेकपा एमाले शंखरापुर नगरपालिका वडा नं ६ वडा कमिटीका अध्यक्षहरुले  आग्रह गरेका छन। ज्ञापनपत्र वुझ्दै नगर प्रमुख  रमेश नापितले फोहोर संकलन कार्य नियमित गर्न प्राथमिकताका साथ सरोकारवालाहरु सँग छलफल भैइहेको र चाडै उक्त समस्या समाधान हुने जानकरी गराए  ।

फोहोर राख्ने ठाउँको अभाबका कारण फोहोर संकलन कार्य बन्द भएकोमा जनताको स्वास्थ्यलाई ध्यानमा राखी छिटोभन्दा छिटो वैकल्पिक स्थानहरूको खोजी गरी फोहोर व्यवस्थापन गर्न लागि परेको प्रमुख  नपितले भनाइ थियो ।फोहोर व्यवस्थापनमा भइरहेको ढिलाई प्रति राजनीतिक दल, संघ संस्था र जनसमुदाय बाट खबरदारी गर्नु स्वभाविक रहेको बताउँदै छिटो भन्दा छिटो फोहोर संकलन गरी ब्यवस्थापन गर्न पहल भइरहेको शंखरापुर नगरपालिकाकी उप प्रमुख  समिता श्रेष्ठले बताइन ।उक्त ज्ञापन पत्र बुझाउने कार्यक्रममा  नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य एबम गत स्थानीय तहको निर्बाचनमा एमाले बाट शंखरापुर नगरपालिका प्रमुखका  प्रत्यासी कृष्ण बजगाईं र नगर पालिका कमिटीका अध्यक्ष रामकुमार तिवारीको पनि उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।