बौद्धमा गाइजात्रा तथा  रोपाइँ जात्रा भब्य रुपमा मनाउने तयारी

बौद्धमा गाइजात्रा तथा  रोपाइँ जात्रा भब्य रुपमा मनाउने तयारी

कपन अनलाइन

काठमाडौं, साउन २३। प्रताप मल्लको पालादेखि बौद्धमा  मनाउँदै आएको गाइजात्रा तथा  रोपाइँ जात्रालाई बौद्धबासीले यसपटक पनि निरन्तरता दिने भएका छन।

 यहि साउन २७  र २८ गते उक्त जात्र भब्य रुपले मनाउनको  लागि  बैठक बसी तामाङ कल्याण गुठी र बौद्ध नाथ क्षेत्र विकास समितिको संयुक्त संयोजकत्वमा  स्थानीय संघ संस्थाको सहभागीतामा  गाईजात्रा तथा रोपाइँ जात्रा मुल समारोह समिति गठन गरिएको र जात्रा व्यवस्थापन गर्न पाँच सदस्य समिति समेत स्थानीय समाजसेवी व्यक्तित्वहरुबाट गठन गरिएको बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले कपन अनलाइनलाइ जानकारी गराए।

 

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष लामाका अनुसार एक बर्षभित्र मृत्यु भएकाका घरबाट लाठे रोपार निकाली रोपाइँ जात्रा मनाउने प्रचलन छ । ‘यसो गर्दा मृतकको आत्माले शान्ति पाउने विश्वास छ’ उनले भने, ‘यो जात्राले बौद्ध क्षेत्रकै सांस्कृतिक चिनारीको रुपमा निरन्तरता पाउँदै आएको बताए  ।

जात्रा बौद्ध परिसर परिक्रमा गरि ,बौद्ध पिपल बोट बाट बौद्ध टुसाल हुदै पुनः बौद्ध परिसरको  खुल्ला स्थानमा जम्मा भई औपचारिक कार्यक्रमका साथा  सु सम्पन्न गरिने आयोजकले जानकारी गराएको छ ।विभिन्न विधाका रोपार, हाली, हाँस्य व्यंग्य,ख्याली,झाँकी,   उत्कृष्ट कला प्रस्तुति गर्ने सहभागी कलाकारहरू लाई उचित पुरुस्कारले पुरुस्कृत गरिने समेत आयोजकले जानकारी गराएको छ ।

फोटो : सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।