बाढीले क्षति पुर्याएको माकलबारी जोड्ने सानो पुलको निरिक्षणमा गोकर्णेश्वरका जनप्रतिनिधि

बाढीले क्षति पुर्याएको माकलबारी जोड्ने सानो पुलको निरिक्षणमा गोकर्णेश्वरका जनप्रतिनिधि

कपन अनलाइन

काठमाडौं साउन २३ । गोकर्णेश्वर नगरपालिका वडा नं.८ माकलबारी जोड्ने सानोपुलको नगर प्रमुख दिपक कुमार रिसाल सहितको टोलीले स्थगत निरीक्षण गरेका छन। अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले माकलवारी जोड्ने  सानो पुलमा   क्षति पुर्याए संगै उक्त क्षेत्रको  आइतबार नगर प्रमुख सहितको टोलीले स्थलगत निरीक्षण गरेका हुन ।निरिक्षणमा  उप प्रमुख सानान्नी लामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का कार्यवाहक वडा अध्यक्ष चन्द्रलाल श्रेष्ठ, वडा सदस्य सुमन लामा  लगायत जनप्रतिनिधि, प्राबिधिक र नगर प्रहरीहरुको  उपस्थिति रहेको  थियो    ।

वर्षाको समयमा सानो पुलमाथी ओभर फ्लो भएर पानि बग्ने,  बाढीले पुल मुनी फोहोर जम्मा भई पानीको बहाव थुनिने, बाढीले रेलिङ भाँच्ने बगाउने हुँदा  स्थानीयहरुलाई आवतजावतमा समस्या पर्दै आएको छ ।  नगरपालिकाले  जिसिभी मेसिन र नगर प्रहरीको सहयोगमा उक्त    पुल क्षेत्रमा जम्मा भएको  हिलो र  फोहोर सरसफाई गर्नुको साथै  भाचिएको रेलिंग मर्मतको लागि  कार्य अगाडी बढाउने भएको छ । नगर प्रमुख दिपक रिसालले स्थानिय संग छलफल गर्दै   बर्षाद कम भए संगै  पक्कि पुल बनाउनको लागि पहल गर्ने बताएका छन ।उनले केहि स्थानीयको अवरोध र बिरोधका  कारण पुल निर्माणमा समस्या भइरहको भन्दै स्थानीयको आवश्यकता अनुसार अघि बढ्ने बताएका छन  ।

फोटो : जि .के

तपाइँको प्रतिक्रिया ।