नेपाल कोरिया कल्चर एक्सचेन्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) को स्वास्थ्य सिविर सम्पन्न

नेपाल कोरिया कल्चर एक्सचेन्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) को स्वास्थ्य सिविर सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,साउन २३ ।

नेपाल कोरिया कल्चर एक्सचेन्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको  छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको सेन्ट जोन्स स्कुलमा  शनिवार कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी रहेका थिए।

नेकोसका अध्यक्ष यविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी निवर्तमान उपमेयर रमा देवी राइ, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, वडा नंं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी,वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नंं ११ का अध्यक्ष राजु अधिकारी, नेपाल प्रहरीबाट एसएसपि भीम बुढाथोकी र कुवेर कँडेल लगायतको उपस्थिति रहेको थियो  ।

मुटु बचाउँ नेपालको सहयोग र   सेन्ट जोन्स स्कुलको व्यवस्थापनमा भएको कार्यक्रमको सहआयोजकको रुपमा शेयरिङ भिजन, फिलामेन्ट भोलिन्टेयर्स क्रप्स नेपाल र आराम फार्मेसी रहेको कार्यक्रमका संयोजक तथा नेकोसका सहसचिव इन्द्र महराले जानकारी दिएका छन।

विशेषज्ञ डाक्टरहरु प्रा.डा दिनेश प्रसाद कोइराला, डा. अनिल भट्टराई, उप प्रा.डा सूर्य देवकोटा, डा. रमेश लामिछाने,डा. सरोज कार्की, डा. सरोज चौधरी लगायतले  विरामीहरुको चेकजाँच गरेको सिविरमा  ६०० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।