काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा निर्मलको नजर ……..

कपन अनलाइन

काठमाण्डौ ,साउन २३।

निर्वाचनको मिति घोषणा भए संगै काठमाडौं क्षेत्र नं ४ (१ ) मा पनि सम्भावित उम्मेदवारहरुको वारेमा चर्चा सुरु भएको छ। काठमाण्डौ महानगरपालिकाका ४ वडा रहेको यस प्रदेस  निर्वाचन क्षेत्रमा पनि नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नेहरुको चर्चा परिचर्चा सुरु भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं १,७,८ र ३० रहेको काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एमालेका तर्फबाट सम्भावित उम्मेदवार दौडमा निर्मल देउलाले यसपटक दरिलो खेलाडी बन्ने संकेत देखाएका छन।

लामो समय काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिवका रुपमा जिल्लाको राजनीतिमा सक्रिय रहेका देउला हाल नेकपा एमाले काठमाण्डौ महानगर  कमिटी अध्यक्ष रहेका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ८ निवासी देउला राजनीति संगै काठमाण्डौ क्षेत्र नं ४ ( १ ) का सामाजिक र संस्कृतिक अभियानमा पनि सक्रिय रहदै आएका छन।

२०७४ सालमा भएको प्रदेस सभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार नरोत्तम बैध ८,७१८ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी निर्मल कुइकेलले ७,७९४ मत प्राप्त गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।