चुनावी अभियानमा ओर्लिने राजु श्रेष्ठको संकेत : साउन २४ गते चियापान कार्यक्रम

कपन अनलाइन

काठमाण्डौ ,साउन २२।

नेपाली कांग्रेस बागमती प्रदेस समितिका महामन्त्री राजु श्रेष्ठले चुनावी मैदानमा ओर्लिने संकेत देखाएका छन।

काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सभापति श्रेष्ठले साउन २४ गते धन्यवाद ज्ञापन तथा चियापान कार्यक्रमको आयोजना गर्दै चुनावी माहोलमा शशक्त रुपमा उपस्थिति जनाउन खोजेको चर्चा काठमाण्डौ क्षेत्र नं ४ मा चलेको छ।साउन २४ गते बिहान स्मार्ट दरवार,धुम्बाराहीमा ८ बजे हुने सो कार्यक्रमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहेका श्रेष्ठ नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा बागमती प्रदेसको महामन्त्रीमा निर्वाचित भएका थिए।

हाल सम्म कुन क्षेत्र र पदमा चुनावी अभियानमा आउने स्पस्ट रुपमा नबोले पनि श्रेष्ठले आन्तरिक छलफल र परामर्शलाई भने निकै तीव्रता दिएको उनि निकट श्रोतले बताएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।