बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा पाँचौं बीआईबी कप बास्केटबल हुने

बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा पाँचौं बीआईबी कप बास्केटबल हुने

कपन अनलाइन

काठमाण्डौ ,साउन २२।

बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १३ तथा गल्र्समा १२ टिमको सहभागी हुने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसीए इन्चार्ज सुब्रत राजोपाध्यायले जानकारी गारए ।
ब्वाइजमा टीआईए तथा गल्र्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् । यसपटक दुवै सहभागी छैनन् । खेलहरु अत्तरखेलस्थित आयोजकको इन्डोर बास्केटबल हलमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।