साँखु जेसिजको ‘जेसिज सप्ताह २०२२’ सम्पन्न

साँखु जेसिजको ‘जेसिज सप्ताह २०२२’  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, साउन २२  । साँखु जेसिजले जेसिज सप्ताह २०२२  विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ। जेसिजको बार्षिक कार्यक्रम अन्तर्गत  असार २४ गते गतेवाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आज  समापन भएको हो ।साँखु जेसिजले असार २४ गते जेसिज डे सुकुटे बीचमा पूर्व अध्यक्ष जिसी धिरेन रन्जितको संयोजकत्वमामा कार्यक्रम गरेको थियो भने असार २८ गते दि हाकुज ,धुंन्लाटोलमा जेसी अमित केसीको संयोजकत्वमामा  वक्तित्वकला   प्रतियोगिता, त्यसै गरि असार ३२ गते साँखुको चलाखुटोलमा जेसी ओबिन श्रेष्ठको संयोजकत्वमा रक्तदान कार्यक्रम, त्यसै गरि  साउन ४ गते जयवली मन्दिर परिसर सुन्टोल मा जेसी राधाकृष्ण श्रेष्ठको संयोजकत्वमामा कृषक संग जेसिज कार्यक्रम , जेसी स्वेच्छा लाकौल श्रेष्ठको संयोजकत्वमामा साउन ७ गते  कात्तिके भन्ज्याङमा नेतृत्व विकास तालिम,  जेसी रेखा दाहाल दुलालको संयोजकत्वमामा  बज्रयोगिनी स्वपुहिटि(तीन धारा)मा साउन १३ गते स्वच्छ बातावरणको लागि वृक्षारोपण कार्यक्रम र साउन २१ गते  शनिबार  जेसी पवन श्रेष्ठको संयोजकत्वमा समरा गार्डेनमा जेसिज सप्ताह २०२२ समापन कार्यक्रम गरिएको थियो ।

साँखु जेसिज बर्ष २०२२ का अध्यक्ष जेसी जयराम श्रेष्ठको अध्यक्षतामा भएको उक्त जेसिज सप्ताह २०२२ समापन समारोहमा प्रमुख अतिथिको रुपमा शंखरापुर नगरपालिका प्रमुख रमेश नापित रहेका थिए भने बिशेष अतिथिको रुपमा नगर उप प्रमुख समिता श्रेष्ठ,शंखरापुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ,नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष एबम साँखु जेसिजका  निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेल , नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष एबम साँखु जेसिजका  निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी जिवन कार्की महानगरीय प्रहरी प्रभाग साँखुका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक पुरी, साँखु जेसिजका संस्थापक अध्यक्ष जेसी लब कुमार श्रेष्ठ लगायत जेसिजका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन साँखु जेसिज वर्ष २०२२का महासचिव गणेश दुलालले गरेका थिए ।

कार्यक्रममा साँखु जेसिजका संस्थापकहरुलाई सम्मान गरिएको थियो भने जेसिज सप्ताह २०२२ अन्तरगत आयोजना गरिएको वक्तित्वकलामा प्रथम दितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुको साथै  सहभागी बिध्यालयलाइ सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले आयोजकलाइ धन्यवाद दिदै   युवाको पक्षमा रहेर काम गरिरहेको जेसिजले बास्तवमा  युवाहरुलाई सहि दिशा तर्फ अगाडी बढाइरहेको आफुले पाएको बताए । उनले कोरोना महामारीको बेला साँखु  जेसिजले खेलेको  भूमिकाको प्रसंशा गर्दै   साँखु जेसिजले गर्ने कामले समर्ग  शंखरापुर नगरपालिकाको शिर पनि उच्च हुने हुदा ब्यक्तिगत रुपमा र नगरपालिकाको तर्फवाट हुने सहयोग जुनसुकै बेला पनि गर्न तयार रहेको बताएका थिए  ।

 त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै नगर उप प्रमुख समिता श्रेष्ठले साँखु जेसिजले समाज परिवर्तनको लागि राम्रो काम गरिरहेको भन्दै जेसिज  संग मिलेर काम गर्न नगरपालिका इच्छुक रहेको बताएकी थिइन ।कार्यक्रमलाइ सम्बोधन गर्दै शंखरापुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले जेसिजले गरेको वृक्षारोपण, रक्तदान लगायतका कामको प्रसंशा गर्दै रक्तदान लगायतको काममा नगरपालिकाले सहयोग गर्ने बताएका थिए  ।नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष एबम साँखु जेसिजका  निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेल , नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष एबम साँखु जेसिजका  निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी जिवन कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा साँखु जेसिजका अध्यक्ष जयराम श्रेष्ठले ‘जेसिज सप्ताह’ सफलताका साथ सम्पन्न गराउन सहयोग गर्ने कार्यक्रम संयोजकलाई धन्यवाद दिदै  जेसिज सदैब युवा र समाजका लागि काम गर्ने हुदा यो सप्ताहका सातै दिन पनि समाजका लागि बिताएको उनले बताए । उनले सामाजिक कार्य संगै युवाहरुमा सकारात्मक सोचको विकास गरि सहि बाटो तर्फ अघि बढाउन जेसीजले सधै काम गरिरहने बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।