केपी ओली १४ वर्ष जेल बसेको नेता हो, उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् : डा. सुरेन्द्र केसी
कपन अनलाइन
काठमाण्डौ ,साउन २२।
राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउनेमात्रै उद्देश्य राखेको उनको टिप्पणी थियो ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाईएको गुनासो पोखे । उनले निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त गरे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बोल्दै उनले भने,‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताहरुले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्यौल थियो । प्रचण्डले मंसिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरु भरलाग्दा छैनन् । खेलखाल, जेलझाल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’
उनले यो बीचमा गठबन्धनवालाहरुले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराए । उनले भने,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपीओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्नभनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’
उनले अहिलेको राजनीतिको प्राप्तिको अवराध भनेको नै ओली हो र उसलाई ठेगान नलगाउँदा पाँच दलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरु लागेको सुनाए । उनले भने,‘अहिले गठबन्धनका नेताहरुले एमालेलाई पूर्णतः किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेको हो । गठबन्धन गर्नको लागि उनीहरु दृढसंकल्प थिए । यसमा आश्चर्य छैन् ।’ उनले समयमै निर्वाचनमा जालान भन्नेमा आफूहरु अपेक्षितरहेको सुनाए ।
न्यायपालिका, व्यवस्थापिक र कार्यपालिका शक्ति सन्तुलनको लागि आधारमा गठन भएको स्मरण गराउँदै उनले भने,‘अहिले त देशको सर्वोच्च अदालतको प्रधान्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गदै हिँड्ने काम भएको छ । गठबन्धन अपरिहार्य छ । यो गणतन्त्र, संघीयताको लागि केपीओली १४ वर्ष जेल बसेका हुन् । झापामा टाउका काटे भन्ने इत्यादी कुरा पनि सुनेका छौं । ओलीले यी तीन वटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं ।’
उनले अहिलेपनि देशमा समस्या यथावत रहेको सुनाए । उनले भने,‘करको दायरा हेरफेरको विषयमा के भएको थियो त ? सत्यमा हामी उभिनुपर्छ । तथ्यमा उभिनुपर्छ ।’ केसीले संघीयता कार्यान्वयन प्रक्रियामा पनि समस्या रहेको सुनाए । उनले भने,‘केन्द्र, प्रदेश र स्थानीय तहको कुरा छ, एउटा प्रदेशमा त भ्रमण र बैठकमात्रै ९४ करोड खर्च भएछ । हाम्रो देशमा भिआर्यपीको संख्यामात्रै ४८ सय छ । संसारका भिआईपी एकातिर र नेपालका भिआईपी एकतारित राख्दा नेपालका धेरै छन् । अब नेपालको विकास हुन एक हजार वर्ष लाग्नेछ । यो विषय चुनावको एजेण्डा बनाउने कि नबनाउने ? यो कुरा अहिले मुख्य प्रश्न बनेको छ ।’
उनले अहिले घर र घरको पनि झ्यालैपिच्छे मन्त्री रहेको सुनाए । उनले भने,‘जसलाई पायो त्यसैलाई मन्त्री बनाउने काम भएको छ, अहिले त घरैपच्छिै मन्त्री छन्, झ्यालैपछि मन्त्री ।’ उनले राजनीतकि लोकतन्त्रको ग्यारेन्टी हुन्छ भने धार्मिक लोकतन्त्रको ग्यारेन्टी हुनुपर्छ कि पर्दैन् भन्ने प्रश्न गरे ?उनले अबको निर्वाचनमा सही उम्मेद्धवार चयन हुनुपर्नेमा जोड दिए ।
उनले एमाले अध्यक्ष ओलीले पनि मुलुकमा अब दुई दल भए राम्रो हुन्छ भनिसकेको उल्लेख गरे । उनले भने,‘मैले देख्दा पनि दुई दलीय प्रणाली नराम्रो होईन ।’ उनले सर्वोच्च अदालतको परमादेश ठिक हो भन्नु गलत भएको पनि टिप्पणी गरे । उनले भने,‘त्यो परमादेश सही थियो त ?केपीओली निरंकुश र स्वेच्छाचारी थिए । उनले हाउस विघटन गर्नु दुई वटा गल्ती थियो । एउटा–संविधान विपरित, अर्को भनेको अदालतको अवज्ञा । त्यही दुईवटै विषय बनाएर ओलीलाई मानहानीको मुद्दामा केन्द्रीय कारागारमा कोचिदिएको भए, केपीओली नामको कर्ता हामीले सदाकाल बोकिरहनुपर्ने थिएन नि । अब त अर्को दश वर्षसम्म, केपीओलीको कहर हामीले बोकिरहनुपर्ने भयो ।म केपी ओलीको हनुमान होईन, परमादेश ठीक हो भन्नेहरु हो भन्ने मेरो बुझाई हो । दुनियाँको कुनैपनि देशमा न्यायालयले प्रधानमन्त्री बनाउने नै होईन । यी चीज पनि अबको निर्वाचनमा विषयवस्तु बन्नुपर्छ ।’