बुढानिलकण्ठमा पर्ने चार वटै क्षेत्रमा जित्ने तयारीमा छौ,हस्ताक्षर संकलन उत्साहप्रद : प्रदिप डंगोल

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले नगरपालिकामा पर्ने चार वटै निर्वाचन क्षेत्रमा जित हाशिल गर्ने गरी तयारीमा लागेको बताएका छन।

काठमाण्डौ क्षेत्र नं ४ र ५ का प्रतिनिधि सभा र ४ (२ ) र ५ (२ ) प्रदेस सभा क्षेत्र पर्ने बुढानिलकण्ठ नगरपालिकामा महँगी र भ्रस्टाचार विरुद्ध चलिरहेको अभियान निकै उत्साहप्रद रहेको बताउदै अध्यक्ष डंगोलले मंगसिर ४ गते हुने निर्वाचनमा चार वटै क्षेत्रमा विजयी प्राप्त गर्ने गरी अभियान सुरु भएको जानकारी दिएका छन।

स्थानीय तहको निर्वाचनमा  काठमाण्डौ उपत्यकाका स्थानीय तहमा सबैभन्दा सानदार नतिजा निकाल्ने अभियानको सफल नेतृत्व गरेका डंगोलले यस अघि जितेका तिन क्षेत्र कायम राख्दै क्षेत्र नं ४ पनि जित्ने गरी संगठन परिचालन र विस्तारमा लागेको बताएका हुन्।

सरकारको गलत कामका विरुद्ध हाल चलिरहेको हस्ताक्षर अभियानमा हजारौ जनताले साथ दिएकोमा खुसि व्यक्त गर्दै उनले काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेले जित हाशिल गर्ने दरिलो आधार बनेको बताएका छन।

निर्वाचनको मिति घोषणा भैसकेको अवस्थामा सबै कमिटी र सदस्यहरुलाई चुनाव केन्द्रित अभियानमा होमिन आग्रह गर्दै डंगोलले  स्थानीय तहमा गरेका कामहरु र जनता संगको सघन सामिप्यताका आधारमा अभियान संचालन गर्ने बताएका छन भने वर्तमान सरकारका जनविरोधी कामहरुको भण्डाफोरलाई पनि तीव्रता प्रदान गर्ने योजना रहेको जानकरी दिएका छन।

२०७४ सालको निर्वाचनमा  बुढानिलकण्ठ नगरपालिकामा पर्ने काठमाण्डौ क्षेत्र नं ५ , काठमाण्डौ क्षेत्र नं ४ (२) र  क्षेत्र नं ५ (२ ) मा नेकपा एमालेले जितेको थियो भने काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेस विजयी बनेको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।