गाम्चा सामुदायिक बन गोकर्णेश्वर ३ मा सरसफाई तथा वृक्षारोपण  गरियो

गाम्चा सामुदायिक बन गोकर्णेश्वर ३ मा सरसफाई  तथा वृक्षारोपण  गरियो

कपन अनलाइन

काठमाडौँ, साउन २१ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चा सामुदायिक बनमा सरसफाई तथा  वृक्षारोपण  गरिएको छ ।  शुक्रबार गाम्चा सामुदायिक बन उपभोक्ता  समुहको आयोजनामा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल लगायत गाम्चा सामुदायिक बन उपभोक्ता  समुहका पदाधिकारी सहित स्थानीयको उपस्थितिमा सरसफाई गर्नुको साथै बिभिन्न प्रजातिका बिरुवा  रोपिएको थियो ।

 उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख रिसालले  आयोजकलाइ धन्यवाद दिदै हरियाली र बातावरण सन्तुलनको लागि वृक्षारोपण गर्नु आवश्यक रहेको  बताए ।  उनले विरुवा रोप्नुभन्दा भन्दा पनि रोपिएका विरुवाहरुलाई संरक्षण गर्नुपर्नेमा समेत  जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।