वीपी बिचार संग्रह केन्द्रको अस्ट्रेलिया शाखा गठन,अध्यक्षमा ढकाल

वीपी बिचार संग्रह केन्द्रको अस्ट्रेलिया शाखा गठन,अध्यक्षमा ढकाल

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

वीपी बिचार संग्रह केन्द्र अस्ट्रेलिया शाखा गठन भएको छ। अस्ट्रेलियाको सिड्निमा भएको कार्यक्रममा उज्वल ढकाल अध्यक्ष र निशा ढकाल सचिव रहेको वीपी बिचार संग्रह केन्द्र अस्ट्रेलिया शाखा गठन भएको हो।

वीपी कोइरालाको ४१ ओै स्मृति दिवसको अवसरमा भएको कार्यक्रमको प्रमुख अतिथि  बिपी संग्रहालयका संस्थापक अध्यक्ष एवं नेपाली काग्रेसका नेता परशुराम पोखरेल रहेका थिए।

वीपी कोइरालाले प्रजातन्त्र स्थापनामा पुर्याएको योगदानको चर्चा गर्दै प्रमुख अतिथि पोखरेलले कोइरालालाइ राजनिति,साहित्य र दर्शन तिन कोणबाट अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।

राजनीति प्रति युवा पुस्तामा रहेको वितृष्णा हटाउन विपीको विचारलाई विस्तार गर्नका लागि अस्ट्रेलियामा बिचार संग्रह केन्द्र स्थापना भएकोमा खुसि व्यक्त गर्दै उनले बिदेशमा रहनु भएका योग्य नागरिकले मत हाल्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए।

 

तपाइँको प्रतिक्रिया ।