नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) का सभापति रामप्रसाद लुइँटेल रेसमा …

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

आगामी मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (२ ) को उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका नेताहरुले आन्तरिक छलफल र परामर्श तीव्र बनाएका छन।

काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको अवस्थामा यस क्षेत्रका नेताहरुको नजर अहिले प्रदेस सभा क्षेत्रमा परेको छ।

केन्द्र,प्रदेस ,जिल्ला र क्षेत्रीय नेतृत्वमा रहेका काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा प्रदेस सभा सदस्यको उम्मेदवार दावीको दौडमा सभापति रामप्रसाद लुइँटेल पनि अग्रपंक्तिमा रहेका छन।

लामो समय देखि निरन्तर रुपमा नेपाली कांग्रेसमा सक्रिय भए पनि संसदीय फाँटको जिम्मेवारी पाउने समयमा पटक पटक पछी पारिएका लुइँटेल काठमाण्डौ क्षेत्र नं ४ का सभापति तथा प्रदेस क्षेत्रका सभापति रहेका छन।

२०७४ र २०७९ मा अभेको स्थानीय तहको निर्वाचनमा शसक्त दावेदार हुँदाहुदै पनि नेतृत्वको निर्देशनमा पार्टी काममा सक्रिय रहेका लुइँटेल यस पटकको उम्मेद्वारी पाउनुपर्ने भन्दै आन्तरिक छलफलमा रहेको श्रोतले जानकारी दिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ का नेताहरुलाई  खुल्ला रुपमा उम्मेद्वारी दावी नगर्न नेतृत्वको निर्देशन संगै आन्तरिक दौडमा रहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको प्रदेस सभा क्षेत्रमा लुइँटेल संगै दर्जन बढी नेताहरु

 

तपाइँको प्रतिक्रिया ।