महँगी र भ्रस्टाचार विरुद्ध नेकपा एमाले काठमाण्डौ तिन दिन हस्ताक्षर अभियानमा होमिने …..

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले साउन २०,२१ र २२ गते जिल्लाका १३८ वटै वडामा महँगी र भ्रस्टाचार विरुद्ध हस्ताक्षर अभियान संचालन गर्ने भएको छ।

जिल्लामा रहेका वडा कमिटीहरुलाई हस्ताक्षर अभियानको तयारी गर्न निर्देशन दिदै  नेकपा एमाले काठमाण्डौले अभियानमा सहभागिताका लागि सबै नेता,कार्यकर्ता ,समर्थक र शुभचिन्तकहरुमा आग्रह गरेको छ।

संगठन सुद्दिकरण तथा सुदृढीकरण अभियान संचालन गरिरहेको  नेकपा एमाले काठमाण्डौले हस्ताक्षर संकलन संगै सरकारले गरेका गलत र जनविरोधी कामको भण्डाफोर समेत गरिने जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।