महिला प्रतिनिधित्वको प्रतिक बन्दै काठमाण्डौ क्षेत्र नं ४ (२ ) को रेसमा रमा राई ……

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

सरकारले आगामी मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरे संगै काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा पनि उम्मेद्वारको चर्चा परिचर्चा सुरु भएको छ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा विजयी भएको नेकपा एमालेमा पनि स्थानीय नेताहरुको उम्मेद्वारीका वारेमा चर्चा सुरु भएको छ। २०७४ सालको निर्वाचनमा विजयी बनेका कुसुम  कुमार कार्की नेकपा एस बने संगै खालि बनेको यस क्षेत्रमा नेकपा एमालेका स्थानीय नेताहरु अहिले उम्मेद्वारी दावीको आन्तरिक रेसमा रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको यस प्रदेस निर्वाचन क्षेत्रमा नगरपालिकाकी निवर्तमान उपप्रमुख रमादेवी राईलाई पनि दरिलो दावेदारका रुपमा हेरिएको छ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ की सह संयोजक रहेकी राईले महिला, जनजाती र जनप्रतिनिधिहरुको प्रतिनिधित्व गर्ने भएकोले दरिलो दावेदार रहेको एक बुद्दिजीवीले बताएका छन।

स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको दावेदार रहेकी राईले लामो समय सम्म शिक्षा क्षेत्रमा योगदान पुर्याएकी छन भने उपप्रमुख रहेको समयमा नबिन र सृजनात्मक अभियानहरु सुरु गरेकी थिइन।

नगरपालिकामा एकीकृत प्रशिक्षण केन्द्र ,महिलाहरुका लागि व्यवसायिक र शिपमुलक शिक्षाको अभियान संचालनको नेतृत्व गरेकी उनले न्याय सम्पादन,अनुगमन र विकास कार्यमा उल्लेखनीय योगदान पुर्याएकी थिइन।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा दावेदारहरुको रेसमा राई संगै एक दर्जन भन्दा बढी नेताहरु रहेका छन।

तपाइँको प्रतिक्रिया ।