काठमाण्डौ क्षेत्र नं ६ (२ ) मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

सरकारले प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गर्ने तयारी गरे संगै काठमाण्डौ क्षेत्र नं ६ (२ ) मा पनि  राजनीतिक माहोल निकै तातेको छ।

टोखा नगरपालिका तिन वडा र तारकेश्वर नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ६ (२) मा स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।

यस निर्वाचन क्षेत्रका ११ वडाहरु मध्ये नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले ७ वडामा विजयी प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवारहरु ४ वटा वडामा विजयी बनेका छन ।

यस निर्वाचन क्षेत्रमा  नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ८६८९   मत प्राप्त गरेका छन भने नेकपा एमालेका  उम्मेदवारहरुले कुल ७७२९   मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेस ९६० मतले नेकपा एमाले  भन्दा अगाडी रहेको छ।

त्यस्तै यस क्षेत्रका  राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ११९८   मत प्राप्त गरेका छन  भने नेकपा एसले १७३९   र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले २२४० मत प्राप्त गरेका छन।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं६  (२ ) बाट नेकपा एमालेका योगेन्द्रराज संग्रौलाले १२८१२  मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विष्णुभक्त तिमल्सिनाले ७९१४ मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।