मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न गठबन्धनमा सहमति,आज मिति घोषणा हुनसक्ने

मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न गठबन्धनमा सहमति,आज मिति घोषणा हुनसक्ने

कपन अनलाइन
काठमाडौं, साउन १९  ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।आज  बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना बढेको छ  ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, बिहिवार को  क्याबिनेटले मिति घोषणा गर्छ ।’

तपाइँको प्रतिक्रिया ।