काठमाण्डौ क्षेत्र नं ४ (२ ) को मैदानमा ओर्लने लक्ष्मी संग्रौलाको संकेत …..

कपन अनलाइन

काठमाडौं, साउन १८।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी प्रसाद संग्रौलाले आगामी मंगसिरमा हुने सम्भावना रहेको प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेद्वारी दावी गर्ने संकेत गरेका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका इन्चार्ज समेत रहेका संग्रौलाले आगामी निर्वाचनमा प्रदेस सभा निर्वाचनको चुनावी मैदानमा ओर्लनका लागि आन्तरिक परामर्शलाई तीव्र पारेको श्रोतले जानकारी दिएको छ।

२०३६ देखि २०४४ सम्म शिक्षण पेशामा सक्रिय रहेर कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका संग्रौलाले २०४५ देखि २०६१ सम्म नेपाल टेडयुनियन महासंघ (जिफण्ट) संग आबद्द भई टेक्सटायल गार्मेन्ट मजदुरयु नियनको केन्द्रिय नेत्रृत्वमा सक्रिय रहेका थिए।

त्यस पश्चात भूगोलको राजनीतिमा सक्रिय रहेका उनले २०६१ साल देखि साविक कपन हाल बुढानिलकण्ठ -१० मा स्थानान्तरण भए संगै तत्कालिन   ईलाका कमिटी  २ को सह सचिवको जिम्मेवारी बहन गरेका थिए।

२०६४ देखि क्षेत्रिय कमिटि क्षेत्र नं ४ को सदस्यका रुपमा क्रियाशील बनेका संग्रौला २०६७ सालमा भएको काठमाण्डौ क्षेत्र नं ४ को  प्रथम क्षेत्रिय अधिबेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए।

२०५४ साल देखि निरन्तर सहकारी आन्दोलनमा समेत सक्रिय रहेका संग्रौला भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लि.को संस्थापक सचिव, काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिको संस्थापक सचिव  हुदै हाल उपाध्यक्ष समेत रहेका छन।

२०७६ मा नेकपा जिल्ला कमिटि सदस्य, २०७८ मांघदेखि जिल्ला कमिटि सचिवालय सदस्य र बुढानिलकण्ठ नगर  ईन्चार्जको भुमिकामा रहेका संग्रौलाले  कपन बहुमुखि क्याम्पसको आजिवन सदस्य, सिद्देश्वर मन्दिर संरक्षण समाजको महासचिवका रुपमा समेत योगदान पुर्याएका छन।

२०७४ सालमा नेकपा एमालेका तर्फबाट निर्वाचित बनेका कुसुम कुमार कार्की नेकपा एसमा गए संगै खुल्ला  मैदान बनेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) संग्रौला संगै दर्जनौ आकांक्षीहरु रहेका छन।

तपाइँको प्रतिक्रिया ।