प्रतिनिधि सभा निर्वाचन २०७४ लाई फर्केर हेर्दा : कस्तो थियो काठमाण्डौ क्षेत्र नं ४ को मत परिणाम ?

प्रतिनिधि सभा निर्वाचन २०७४ लाई फर्केर हेर्दा : कस्तो थियो काठमाण्डौ क्षेत्र नं ४ को मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ,साउन १७।

कपन अनलाइनको चुनाव चर्चा शृंखलामा प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७४ को मत परिणाममा वारेमा जानकारी प्रदान गरिएको छ। यस शृंखलाको पहिलो चरणमा  काठमाण्डौ जिल्लाका १० प्रतिनिधि सभा र २० प्रदेस सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित हुने प्रणाली अन्तर्गतको मत परिणाम प्रस्तुत गरिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई विच मुख्य प्रतिस्पर्धा भएको थियो।

सो निर्वाचनमा नेपाली कांग्रेसका थापा २१५५८ मत सहित विजयी बनेका थिए भने नेकपा एमालेका भट्टराईले १८१४० मत प्राप्त गरेका थिए।  सो निर्वाचनमा  काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ बाट बिबेकशील शाझाकी सुबुना बस्नेतले ३०४० मत प्राप्त गरेकी थिइन् भने नेपाल कम्युनिष्ट पार्टी (माले) का गोवर्धन खड्काले १५४ मत प्राप्त गरेका थिए।

२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा २० जना उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं ४ मा तिन उम्मेदवार बाहेक कसैले पनि २०० को आंकडा पार गर्न सकेका थिएनन।

२०७४ सालको निर्वाचनमा ३४१८ मतले पछाडीपरेको  नेकपा एमाले २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा भने  नेपाली कांग्रेस भन्दा ७४४ मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का ९ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १६५०७ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १५,७६३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले २,४१४ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ८४४ मत प्राप्त गरेका थिए।

त्यसैगरी स्थानिय तहको निर्वाचनमा रास्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारले २,२९३ मत प्राप्त गरेको काठमाण्डौ क्षेत्र नं ४ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार  गगन कुमार थापाले २,१५५८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका डा.राजन भट्टराईले १,८१४० मत प्राप्त गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।