काठमाडौं –६ बौद्धबाट २३ वटा कछुवा सहित टोखाका दुई जना पक्राउ

कपन अनलाइन
काठमाण्डौ ,साउन १३।
काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ वटा  कछुवा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् ।

उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

तपाइँको प्रतिक्रिया ।