रिलायन्स को-एड स्कुल बुढानिलकण्ठ -१० का दुई विद्यार्थीले एसईईमा जिपिए ४ (GPA : 4) ल्याए
कपन अनलाइन
काठमाण्डौ ,साउन १२।
माध्यामिक शिक्षा परीक्षा(एसईई)मा बुढानिलकण्ठ नगरपालिका कपन बालुवाखानीमा रहेको रिलायन्स को-एड स्कुलका दुई जना विद्यार्थीले जिपीए ४ (GPA : 4 ) ल्याएका छन् ।
रिलायन्स को-एड स्कुलका विद्यार्थी समिना बम र तारादेवी पाण्डेले जिपीए फोर ल्याउन सफल भएका हुन् ।स्कूलका ६४ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी भएको परिक्षामा दुई जनाले फोर जिपीए , २० जनाले ‘ए’ प्लस, ३२ जनाले ‘ए’ र १० जनाले ‘बि’ प्लस ल्याएको प्रिन्सिपल दशरथ ज्ञवालीले जानकारी दिएका छन।
रिलायन्स एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित रिलायन्स को-एड स्कुल काठमाडौंले स्थापना वर्ष २०७१ सालदेखि नै एसईई परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ।
तपाइँको प्रतिक्रिया ।