नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको चौथो पूर्ण बैठक सम्पन्न : के के निर्णयहरु भए ?

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको चौथो पूर्ण  बैठक सम्पन्न : के के निर्णयहरु भए ?

कपन अनलाइन

काठमाण्डौ ,साउन ५ ।

नेकपा एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न सम्पन्न भएको छ ।

दियो ब्यान्केट धुम्बाराहीमा भएकोबैठकले साउन ७ गते पार्टी अध्यक्षको उपस्थितीमा ४५ औंं पुष्पलाल स्मृति दिवस मनाउने साउन ११ गते जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने साउन १३ गते निर्वाचन क्षेत्र नं १ देखि ५ सम्म अभिमुखिकरण कार्यशालाको आयोजना गर्ने साउन १४ गते क्षेत्र नं ६ देखि १० सम्म अभिमुखिकरण कार्यशालाको आयोजना गर्ने साउन १६ गते वसन्तपुरमा भेला भएर महंङ्गगी बिरुद्ध प्रदर्शनको आयोजना गर्ने भदौं १८ गते प्रथम जिल्ला परिषदको आयोजना गर्ने साथै भवन खरिदका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ ।

४५ औंं पुष्पलाल स्मृति दिवस कार्यक्रममा जिल्ला कमिटिले तोकेको वडाको इन्चार्ज, नगर कमिटिले तोकेको नगर इन्चार्ज, वडा कमिटिको अध्यक्ष र सचिव सहित  प्रदेश कमिटिबाट खटिएका उत्प्रेरक सो  कार्यशालामा सहभागि हुने जिल्ला कमिटीका  अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन  ।

जिल्ला कमिटीको सो  बैठकमा पार्टी स्थायी कमिटि सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, एमाले पोलिटब्युरो सदस्य कृष्ण राई, काठमाडौं जिल्ला इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ, सह इन्चार्ज नारायण सिलवाल, विद्या सुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, सचिव राजेश शाक्य काठमाडौं जिल्ला उपसचिव तेज बहादुर ढकाल र  विन्दु महर्जनको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।