मतदाता नामावली दर्ताका लागि फर्जी कागजात प्रकरणमा वडा नं १२ को संलग्नता छैन…..
कपन अनलाइन
काठमाण्डौ ,असार २ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले मतदाता नामावली दर्ताका लागि फर्जी कागजात प्रकरणमा वडाको कुनै पनि संलग्नता नरहेको बताएको छ।
वडा नं १२ का अध्यक्ष शम्भु भट्टराले सुचना प्रकासित गर्दै जिसस भवनमा मतदाता नामावली दर्ता गर्ने क्रममा बसाइ सराई प्रमाण पत्रमा नक्कली सहि प्रयोग गरेर तयार गरिएका कुनै पनि कागजात वडा कार्यालयमा दर्ता नरहेको जानकारी दिइएको छ।
सो प्रकरणमा विभिन्न सामाजिक संजाल र संचार माध्यममा वडा कार्यालयको संलग्नता रहेको भनेर झुटो र कपोकल्पित प्रचार गरिएकोमा दुख ब्यक्त गर्दै वडा नं १२ ले त्यस्ता कार्य कानुन बमोजिम दण्डनीय रहेको बताएको छ।
सत्य तथ्य र यथार्त कुरा नबुझी वडा कार्यालयको संलग्नता भनेर अनावस्यक प्रचार नगर्न अनुरोध गर्दै वडा नं १२ ले यस विषयमा नगरपालिकाका तर्फबाट छानविन हुने समेत जानकारी दिइएको छ ।
वडा नं १२ को बिज्ञप्ति :