जस्ता बिक्रीमा अनियमिततापछि अनुगमन

जस्ता बिक्रीमा अनियमिततापछि अनुगमन

गजुरी (धादिङ), २० जेठ । धादिङबेंसीमा रहेका जस्ता पसलको अनुगमनलाई तीव्र पारिएको छ । जस्तापाता बिक्री वितरणमा व्यापारीले अनियमित गरिरहेको भन्ने जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय धादिङले सदरमुकाममा सञ्चालित जस्ता पसलमा अनुगमन गरेको हो ।
tin1-614x330
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि ग्रामीण क्षेत्रका सबैजसो घर पूर्ण रुपमा भत्किएको र वर्षा अगावै घर निर्माण गर्नका लागि जस्तापाताको माग अत्यधिक भएपछि बजारमा व्यापारीले जस्तापाताको बिक्रीमा अनियमितता गरिरहेको जनगुनासो आउन थालेको थियो ।

वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला अनुगमन अधिकृत नन्दलाल शर्माको नेतृत्वमा सोमबार पसलको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा व्यापारीले भूकम्पपछि जस्ताको कारोबार त बढेको तर बजारमा मागअनुसारको आपूर्ति गर्न नसकिएको जानकारी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय धादिङले भने सदरमुकाममा सञ्चालित हार्डवयर पसलमा अनुगमन गरी भूकम्पअघिको कारोबार र भूकम्पपछिको कारोबार तथा बिल सङ्कलन गरेको छ ।

धादिङबेसी सदरमुकाममा मात्रै एक दर्जनभन्दा बढी हार्डवेयर पसल सञ्चालनमा छन् भने प्रत्येक पसलबाट अहिले दिनहुँ २०० देखि ४०० बन्डलसम्म जस्तापाता बिक्री हँुदै आएको छ तर अनुगमनमा आएका सरकारी अधिकारीलाई भने अहिलेसम्म एक÷दुई टिपमात्रै नयाँ जस्ता ल्याएको र बाँकी सबै पुरानो स्टक जस्ता बेचिरहेको भनेर झुक्याएका छन् ।

तपाइँको प्रतिक्रिया ।