टेक्सस इन्टरनेशनल कलेज ,चाबहिको आयोजनामा ‘टेक्सस साइन्स एण्ड आइटी एक्स्पो–२०७९’

टेक्सस इन्टरनेशनल कलेज ,चाबहिको आयोजनामा ‘टेक्सस साइन्स एण्ड आइटी एक्स्पो–२०७९’

कपन अनलाइन

काठमाण्डौ ,असार ३१।

टेक्सस इन्टरनेशनल कलेज ,चाबहिको आयोजनामा दुई दिने ‘टेक्सस साइन्स एण्ड आइटी एक्स्पो–२०७९’  सुरु भएको  छ । कोरोना कहरको समयभन्दा बाहेकका वर्षहरूमा प्रत्येक वर्ष आयोजना हुँदै आएको साइन्स एण्ड आइटी एक्स्पो असार ३० र ३१ दुई दिन चल्ने छ  ।

काठमाडौँ महानगरपालिका वडा नं  ७ का वडाध्यक्ष विमल कुमार होडाले एक्स्पोको उद्घाटन गरेका थिए  । वडाध्यक्षसहित आमन्त्रण गरिएका वडा सदस्य, अतिथि लगायतले एक्पोमा रहेका ४० वटा स्टलमा अवलोकन समेत गरेका थिए ।

एक्स्पो मार्फत विद्यार्थीहरूले आफूमा निहित क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरमा प्राप्त गर्ने भएका कारण प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘टेक्सस साइन्स एण्ड आइटी एक्स्पो’ आयोजना गरिएको टेक्सस इन्टरनेशनल स्कूलका फाउन्डर प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बताएका छन  ।

टेक्ससका स्कूल, प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न विधामा एक्स्पो स्टल राखेका छन् । ४० वटा प्रदर्शनी स्टल राखिएको छ । जसमा साइन्स, आइटी, डाटा, खाने कुरा, स्वास्थ्य सामाग्री लगायतका विधामा स्टल राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।