दोश्रो रिलायन्स खुल्ला निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक,ओखलढुंगाकी सामना खतिवडा प्रथम
कपन अनलाइन
काठमाण्डौ ,असार २८।
दोश्रो रिलायन्स खुल्ला निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। रिलायन्स इन्टरनेसनल एकेडेमीको आयोजनामा भएको सो प्रतियोगितामा ओखलढुंगा जिल्लाको बरुणेश्वर मावीकी सामना खतिवडा प्रथम भएकी छन। प्रथम भएकी खतिवडाले नगद १० हजार सहित एडमिसन र ट्युसन फिसमा १००% छात्रवृति पाएकी छन।
त्यस्तै सो प्रतियोगितामा श्री मालिका मावी बाजुराका लोकेन्द्र धामी दितीय भएका छन भने बरुणेश्वर मावी ओखलढुंगाकी नविना नेपाल तृतीय भएकी छन। दितीय हुने धामीले नगद ६ हजार सहित एडमिसन र ट्युसन फिसमा ९ महिनाको छात्रवृति पाएका छन भने तृतीय भएकी नेपालले नगद ४ हजार र एडमिसन र ट्युसन फिसमा ६ महिनाको छात्रवृति पाएकी छन।
सो प्रतियोगितामा नगद १ हजार र ५०% प्रतिसतको छात्रवृति सहित १० जनाले सान्त्वना पुरस्कार पाएका छन। सान्त्वना पुरस्कार पाउनेमा आन्जिता खड्का ,आयुषा आचार्य ,तपेन्द्र शाही ,प्रशान्त पन्थी ,आशिका चपाई ,शर्मिला बस्नेत ,अर्जुन बाबु कट्टेल ,आर्यन श्रेष्ठ ,विलक्षण निरौला ,विन्दिया तामाङ रहेका छन।
“तपाइको स्थानीय क्षेत्रमा फोहोर व्यवस्थापनका चुनौती र समाधानहरु ” विषयक सो निवन्ध प्रतोयोगितामा असार ५ गते देखि १५ गते सम्म २०० देखि २५० शव्द सम्मको निवन्ध संकलन गरेर नतिजा प्रकासित गरिएको हो।
कसले पाए छात्रवृति ?