शंखरापुर नगरपालिका वडा नं ७ चलाखु टोल साँखुमा रक्तदान सम्पन्न

शंखरापुर नगरपालिका वडा नं ७ चलाखु टोल साँखुमा रक्तदान  सम्पन्न

कपन अनलाइन

काठमाडौं असार १९ ।शंखरापुर नगरपालिका वडा नं ७ चलाखु टोल साँखुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मदन भण्डारी फाउन्डेसन शंखरापुर , ल्यायमह पासा पुच, लायन्स क्लव अफ काठमाडौं मणिचुड, मणिचुड युवा क्लव र परोपकारी अचानक समुहको संयुक्त आयोजनामा शनिबार बिहान ८:३० बजे देखि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा शुरु  भएको उक्त रक्तदान  कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको लायन्स क्लव अफ काठमाडौं मणिचुडका अध्यक्ष राजाराम सिंख्वलले जानकारी दिएका छन् ।

रक्तदाताको हौसला बढाउन कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक डीका  गभर्नर विष्णुभाइ श्रेष्ठ, शंखरापुर नगरपालिकाकी उप प्रमुख  समिता श्रेष्ठ, निवर्तमान नगर प्रमुख सुबर्ण श्रेष्ठ लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।