कान्तिपुर क्याम्पस द्वारा आयोजित दिगो विकास लक्ष्यका लागि युवा उद्यमशीलता बिषयक अन्तरक्रिया सम्पन्न

कान्तिपुर क्याम्पस द्वारा आयोजित दिगो विकास लक्ष्यका लागि युवा उद्यमशीलता बिषयक अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाडौं, असार १९ ।कान्तिपुर क्याम्पस द्वारा आयोजित दिगो विकास लक्ष्यका लागि युवा उद्यमशीलता महसुस  बिषयक  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  छ ।

शनिबार कान्तिपुर क्याम्पस थलीको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्राध्यापक चुडाराज उप्रेती रहेका थिए भने बिशेष अतिथिको रुपमा क्याम्पस संचालक समितिका उपाध्यक्ष एबम संबिधान सभा सदस्य दिपक प्रसाद कुइकेल रहेको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख शैलेन्द्र कुइकेलले गरेका थिए।

कार्यक्रममा   रवि सिलवाल, अस्मीत कुइँकेल, मनहरी सिंखडा, घनश्याम  न्यौपाने, बावुराम केसी, बिमल थापा, उदय थिंइ ले  दिगो बिकास, युवा उद्दमशिलता, दिगो शान्ति, एकीकृत कृषि, युवा सहभागीता लगायतका बिषयमा प्रस्तुतीकरण मार्फत आफ्नो भनाइ राखेका थिए ।कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथिहरुले दिगो विकास लक्ष्य पूरा गर्न युवाको महत्वपूर्ण भूमिका हुने बताएका थिए  ।उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको बताउँदै ‘युवाहरु आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ बढ्नुपर्ने धारणा राखेका थिए  । उद्यमशीलताले रोजगारीको सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्ने उनीहरुले बताएका थिए  ।युवालाइ  केन्द्रमा राखेर उद्यमशीलता बनाउन सके देश दिगो विकास र दिगो शान्ती तर्फ जानेमा जोड दिएका थिए । विकासका साझा मुद्दाहरुमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।