कागेश्वरी मनोहरा नगरपालिकाको निर्माणाधीन प्रमुख प्रशासकीय भवन निरक्षणमा जिसस प्रमुख सहितको टोली

कागेश्वरी मनोहरा नगरपालिकाको निर्माणाधीन प्रमुख प्रशासकीय भवन निरक्षणमा जिसस प्रमुख सहितको टोली

कपन अनलाइन

काठमाडौँ, असार १७ । कागेश्वरी मनोहरा नगरपालिकाको निर्माणाधीन प्रमुख प्रशासकीय भवनको अनुगमन गरिएको छ ।नगर प्रमुख उपेन्द्र कार्की सहित जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी  जिल्ला समन्वय समिति काठमाडौंकी उप प्रमुख शान्ती पाण्डे सहित जिसस सदस्यहरु , कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख शान्ता थापा,  प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे  इन्जिनियर  कागेश्वरी मनोहरा नगरपालिकाका सम्बन्धित शाखा प्रमुखहरु सहितको उपस्थितिमा थलीमा  निर्माणाधीन प्रमुख प्रशासकीय भवनको निरीक्षण अनुगमन गरिएको हो  कागेश्वरी मनोहरा नगरपालिकाको सो प्रशासकीय भवन निर्माणको लागि २०७७ साल कार्तिक २० गते जिल्ला समन्वय समिति काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिका बीच सम्झौता भएको थियो ।

  उक्त भवनको कुल लागत एकाउन्न करोड ७० लाख सतचालिस हजार एक सय उन्नाइस त्रियानब्बे पैसा रहेको भए पनि जिल्ला समन्वय समिति काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिका बीच ३५ करोड १७ लाख ९४ हजार एक सय ९ रुपैयामा  सत्रा पैस रहेको छ। कुल लागतको ३१.९६ प्रतिशत घटीमा सम्झौता भएको सो भवन निर्माण २०८० साल कार्तिक ३० गते सम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

 बेस मेन्ट सहित ७ तल्ले  उक्त भवन अपांग मैत्री र हरेक तल्ला२ वटा भर्याङ २ वटा लिफ्ट र आपतकालीन भर्याङ निर्माण गरिएको छ । आगलागीको सुचना दिने स्मोक डिटेक्टर र अग्नि नियन्त्रण गर्ने सामग्री समेत रहने उक्त भवनको मोहडा मल्लकालीन शैलीमा निर्माण भई रहेको छ । भवन अनुगमन  पुर्व  नगरपालिकामा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख ,उप प्रमुख  कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की उप प्रमुख शान्ता थापा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे कागेश्वरी मनोहरा नगरपालिकाका सम्बन्धित शाखा प्रमुखहरु सहितको उपस्थितिमा अनुगमन बैठक समेत बसेको थियो । उक्त बैठकले लागत साझेदारीमा निर्माण भएको प्रशासनिक भवनको बिषयमा प्रस्तुतीकरण मार्फत  हालसम्मको कार्य प्रगति लगायतको बिषयमा छलफल भएको नगरपालिकाले जानकारी गराएको छ ।

 

छलफलमा जिल्ला समन्वय समिति काठमाडौंमा मौज्दात कोष बाट संचालित योजना सम्झौता अनुसार समय लागत र गुणस्तर बमोजिम भवन निर्माण  सम्पन्न गर्न अनुरोध गर्नुको साथै बैठकमा  प्रदेश पूर्वाधार कार्यक्रम तर्फ संचालन भएका योजनाहरुको समेत प्रस्तुतीकरण सहित छलफल गरिएको थियो। बैठकमा नगरपालिका बाट संचालित अन्य योजनाहरु सम्बन्धी प्रस्तुतिकरण सहित छलफल गरिएको थियो।

छलफलमा नगरपालिकामा आगामी दिनमा  निर्माण हुने योजनाको लागि जिसस  को मौज्दात कोष बाट लागत साझेदारीमा संचालन गर्न थप रकमको व्यवस्था गर्न समेत अनुरोध गरिएको नगरपालिकाले जानकारी गराएको छ ।  त्यसै गरि कागेश्वरी मनोहरा नगरपालिकामा संचालित संघिय  समपुरक अनुदान, बिषेश अनुदान बिशेष अनुदान प्रदेश समपुरक अनुदान र प्रदेश बिषेश अनुदान अन्तर्गत संचलित भएका योजनाहरुको सम्बन्धमा छलफल  निरीक्षण  र अनुगमन समेत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।