राष्ट्रव्यापी खेलकुद अन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा कीर्तिपुरको दोश्रो जित

कपन अनलाइन
काठमाडौं, असार १७।
कीर्तिपुरले राष्ट्रव्यापी खेलकुद अन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ । पहिलो खेलमा बुधबार कीर्तिपुरले आईएस नेपाललाई पराजित गरेको थियो ।
कीर्तिपुरको नयाँ बजारस्थित घरेलु कोर्टमा कीर्तिपुरले गोल्डेनगेटलाई ७९–६४ ले पराजित ग¥यो । कीर्तिपुरका पारस योञ्जनले २२ अंक जोडे । गोल्डेनगेटका अभिषेक सिंहले १४ स्कोर गरे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा टाइम्स र बीएमकेले पनि सफलता हात पारे ।
टाइम्सले जेभियर इन्टरनेसनललाई ६७–५५ ले हरायो । टाइम्सका सुजन लिम्बूले १८ तथा टाइम्सका मनीष तामाङले १७ स्कोर गरे । बलर्स एकेडेमी विरुद्धको खेलमा बीएमके ७१–४० ले विजयी भयो । बीएमकेका सोनामप्रयाग शेर्पाले १६ तथा बलर्सका साहिल तमुले २८ अंक जोडे ।
प्रतियोगिताअन्तर्गत शुक्रबार ४ खेल हुनेछ । टाइम्सले मेरिलियोन, बीएमकेले आईएसए नेपाल, जेभियरले रोयल तथा बलर्सले कीर्तिपुर विरुद्ध खेल्ने छन् ।

तपाइँको प्रतिक्रिया ।