Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/06/289444864_5437153402998236_4442762448035220903_n-1024x577.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित उप मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असार १३।  गोकर्णेश्वर युवा जागरण क्लब गोकर्णेश्वर ४ द्वारा आयोजित उप मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।   खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा महिला  फुटसल प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका  साथ असार १० र ११ गते गरि दुइ दिन  सम्म मनकामना फुटसलमा सच्चालन भएको उक्त प्रतियोगिताको  उपाधि  ढुकु फुटसलले जितेको  छ। शनिबार भएको फाइनल खेलमा ढुकु फुटसल ले कृजल फुटसललाइ १-० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो  जित संगै ढुकु फुटसलले नगद रु ५० हजार र उप बिजेता कृजल फुटसलले नगद रु २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बिजेता उप बिजेताहरुलाई  प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा निवर्तमान नगर प्रमुख सन्तोष चालिसे निवर्तमान उप प्रमुख शान्ती नेपाल  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत लगायतले पुरस्कार वितरण गरेका थिए ।

   गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त पुरस्कार वितरण कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,  वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ गोकर्णेश्वर युवा जागरण क्लब का सल्लाहकार एबम नेपाली कांग्रेस गोकर्णेश्वर ४ का इकाई सभापति ज्ञान कुमार श्रेष्ठ , खेलाडी रेफ्री  लगायत खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो  ।

सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्टले स्वागत मन्तब्य राखेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका   निवर्तमान नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाललाइ दोसल्ला ओढाई पोट्रेट तस्विर प्रदान गरि सम्मान गरिएको थियो  ।

 

 

तपाइँको प्रतिक्रिया ।