मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटि द्वारा आयोजित रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटि द्वारा आयोजित रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असार १३। मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटि द्वारा आयोजित रक्तदान तथा स्वास्थ्य शिविर  सम्पन्न भएको छ। रगत अभाबका कारण कसैले पनि समस्या भोग्न नपरोस  भन्ने मूल उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

 असार ११ गते  शनिबार चामुण्डा माबी नारायणटारमा जन नेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा रक्तदान तथा स्वास्थ्य शिबिर कार्यक्रम आयोजना गरिएको हो। बिहान ८ बजे देखि  अपरान्ह २ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा ३६  जनाले रक्तदान गरेको मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटि अध्यक्ष केशब प्रसाद सिंखडाले कपन अनलाइनलाइ जानकारी गराए ।त्यसै गरि स्वास्थ्य शिविरमा प्रसुती सम्बन्धि जांच दन्त सेवा सामान्य जांच र आँखा जांच गरिएको उक्त शिविर बाट करिब ३सय जना लाभान्वित भएको पनि सिंखडाले कपन अनलाइनलाइ जानकारी गराए । उक्त कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एबम प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइ गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा लगायतले  रक्तदाताहरुलाई प्रसंशा पत्र प्रदान गरेका थिए ।मदन भण्डारी फाउन्डेसनले बिभिन्न समयमा सामजिक तथा मानवीय कार्य सक्रियता पुर्वक गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।