चेपाङ्ग बस्तीकाे बिद्यालयमा लायन्स तथा लियो क्लव अफ अव्वल भ्यालीकाे सहयोग 

कपन अनलाइन

काठमाण्डौ ,असार १०।

लायन्स तथा लियो क्लव अफ अव्वल भ्यालीकाे आयोजनामा चितवन जिल्लाकाे इच्छाकामना गाउँपालिका वडा नं.६ काे कालिखाेलास्थित चेपाङ्ग बस्तिमा रहेको देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा ६ सम्म अध्ययन गरिरहेका १४३ जना बिद्यार्थीहरूका लागि ट्र्याकसुटकाे सेट, किताब तथा स्टेशनरी सामानहरू हस्तान्तरण गरिएको छ ।
क्लबले उक्त सामाग्रीहरू स्थानीय अभिभावक, स्कूलका बिद्यार्थीहरू, वडा नं.६ का पूर्व वडाध्यक्ष तथा शिक्षकहरूको उपस्थितिमा बिद्यालयका प्रधानाध्यापक ज्ञानुदेवी पाण्डेलाई हस्तान्तरण गरेको हाे ।
राज्यले पिछडिएको तथा सिमान्तकृत जातीको रूपमा अंगिकार गरेको चेपाङ्ग समुदायका बालबालिकाले अध्ययन गर्ने गरेको उक्त बिद्यालयमा हाल जम्मा १४३ जना बिद्यार्थीहरू रहेको जसमा १ जना गुरूङ्ग थरका र २ जना परियार थरकाबाहेक अन्य सम्पूर्ण बिद्यार्थीहरू चेपाङ्ग समुदायका रहेको बताइएको छ ।
लायन्स क्लब अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजुु खड्का, बर्तमान प्रेसिडेन्ट लायन प्रेमकृष्ण श्रेष्ठ, लायन नारायण गिरी तथा लायन अनिल महर्जनसहित लियो क्लब अफ अव्वल भ्यालीका सदस्यहरू अमृत थापा, आशिष भण्डारी र नबिल हसनकाे टाेलिले उक्त सामाग्री बिद्यालयमै लगेर हस्तान्तरण गरेको थियो ।
छाेटाे रूपमा आयोजना गरिएको कार्यक्रममा बाेल्दै चार्टर प्रेसिडेन्ट राजु खड्काले जहां जहनं आवश्यकता देखिन्छ, लायन्स साथीहरू त्यहाँ त्यहाँ उपस्थित हुने र आफ्नो गच्छेले भ्याउने सहयोग गर्ने गरेको बताउनु भयो । आफ्नो केटाकेटीकाे अध्ययनमा आफैले व्यवस्थापन गर्न नसक्ने चेपाङ्ग समुदायका बालबालिका पढ्ने उक्त स्कुलमा बिगत ४/५ वर्षदेखि त्यहाँको आवश्यकतालाई हेरेर नियमित सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोगकाे निरन्तरता रहने बताउनुभयो । उक्त कार्यक्रममा वितरण गरिएको ट्याकसुट निर्माणमा नेपालका शैक्षिक परामर्श केन्द्रहरूकाे छाता संगठन ECAN काे विशेष सहयोग रहेको बताइएको थियो ।
बर्तमान प्रेसिडेन्ट लायन प्रेमकृष्ण श्रेष्ठ, लायन नारायण गिरी तथा अभिभावककाे तर्फबाट पूर्व वडाध्यक्षसमेतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमकाे संचालन स्कुलका प्रधानाध्यापक ज्ञानुदेवी पाण्डेले गर्नुभएको थियो ।
प्रधानाध्यापक ज्ञानुदेवी पाण्डेले यस प्रकारको निरन्तर सहयोगका लागि लायन्स तथा लियो क्लव अफ अव्वल भ्याली परिवार एवं ECAN परिवारलाई हार्दिक धन्यवाद प्रदान गर्दै लामो दुरीबाट स्कुल आउने गरेका बालबालिकाहरूलाई पाइन्ट स्याहार्दै आउन असहज भइरहेको स्थितिमा ट्र्याकसुटकाे पहिरण अत्यन्तै सहज हुने हुंदा यसलाई स्कुलकाे नियमित पाेशाक(dress) काे रूपमा प्रयोग गरिने बताउनुभएको थियो।
तपाइँको प्रतिक्रिया ।