खेलकुद मन्त्री गहतराज र ओली विच भेट वार्ता

खेलकुद मन्त्री गहतराज र ओली विच भेट वार्ता

कपन अनलाइन

काठमाण्डौ ,असार १०।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र बिश्व ओलम्पिक संघ एशियाको विकास प्रवन्धक जोभिना चो ओली विच आज बिहिबार राष्ट्रिय खेलकुद परिषद्मा भेट वार्ता भयो । भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले त्यसका लागि आफु सदा तत्पर रहेको भन्दै आगामी दिनमा विविध कार्यक्रमको सुरुवात गर्ने बताए ।
कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोईराला ज्वाला, सदस्य सचिव टंकलाल घिसिङ, विभागिय प्रमुख मधुसुदन बस्नेत र तालिमा तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क.का साथै ओलम्पियन दीपक बिष्ट र राजेन्द्र भण्डारीको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।