बुढानिलकण्ठ मन्दिर व्यवस्थापन तथा संचालन समिति गठन गर्न आदेस जारी गर्ने तयारी

बुढानिलकण्ठ मन्दिर व्यवस्थापन तथा संचालन समिति गठन गर्न आदेस जारी गर्ने तयारी

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

बुढानिलकण्ठ मन्दिर व्यवस्थापन तथा संचालन समिति गठन गर्न आदेस जारी गर्ने तयारी गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको १० औ गर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरपालिकाको नामाकरण भएको सो मन्दिरको विकासका लागि समिति गठन गर्ने आदेस जारी गरिने उल्लेख गरिएको छ।

सो मन्दिरको गुरुयोजना बमोजिम मन्दिरको व्यवस्थापन ,नियमन,नियन्त्रण तथा संचालनलाई मजबुत बनाइने उल्लेख गरिएको नीति तथा कार्यक्रममा नगरपालिकामा साहित्य सांस्कृतिक महोत्सवको आयोजना गरिने पनि उल्लेख गरिएको छ।

लामो समय देखि विविध कारणले नेतृत्वदायी समिति नहुँदा समस्या भोगिरहेको बुढानिलकण्ठ क्षेत्र विकास समिति र अन्य संरचनालाई नीति तथा कार्यक्रममा महत्व दिएको नगरपालिकाले प्रत्येक वर्षको चैत्र मसान्त देखि नयाँ वर्षको दिन सम्म बागद्वार -विष्णुद्वार -सपनतिर्थ मेलालाई विशेष सांस्कृतिक जागरण मेलाका रुपमा प्रवर्धन गर्ने योजना पनि ल्याएको छ ।

 

तपाइँको प्रतिक्रिया ।