बिपी कोइराला युवा नेतृत्व विकास मंच केन्द्रीय समिति द्वारा जोरपाटीमा आयोजित रक्तदान सम्पन्न

बिपी कोइराला युवा नेतृत्व विकास मंच केन्द्रीय समिति द्वारा जोरपाटीमा आयोजित रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असार ६ ।   रक्तदान जीवनदान  भन्ने  मूल नाराको साथमा बिपी कोइराला युवा नेतृत्व विकास मंच केन्द्रीय समिति द्वारा आयोजित  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ५को कार्यालय प्राङ्गणमा असार ४ गते शनिबार बिहान १० बजे देखि शुरु  भएको उक्त कार्यक्रममा ७४ जना रक्तदाताले रक्तदान गरेको  कार्यक्रम संयोजक प्रवीण घिमिरेले कपन अनलाइनलाइ जानकारी गराएका छन।

नेतृत्व  बिकास संगै  सामाजिक कार्यमा सक्रिय रहेको बिपी कोइराला युवा नेतृत्व विकास मंच केन्द्रीय समितिले रगत आभाबको कारण कसैले पनि गम्भिर समस्या भोग्न नपरोस र रक्त संचार केन्द्रमा रगतको अभाब  नहोस भन्ने उदेश्य सहित आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका पुर्व महामन्त्री डा . शशांक कोइराला रहेका  थिए ।  कार्यक्रम संयोजक प्रविण घिमिरेले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।