लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी को क्लब अफिसर्स पी भी एस टि स्कुलिङ प्रोग्राम सम्पन्न

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी को क्लब अफिसर्स पी भी एस टि स्कुलिङ प्रोग्राम सम्पन्न

कपन अनलाइन 

काठमाडौँ, असार ५। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी को क्लब अफिसर्स पी भी एस टि स्कुलिङ प्रोग्राम सम्पन्न भएको छ ।शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित पिस ब्यान्केटमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डीका डिस्ट्रिक गभर्नर इलेक्ट लायन बिष्णु भाइ श्रेष्ठले गरेका थिए। क्याबिनेट सेक्रेटरी लायन महेश आचार्यले संचालन गरेको उक्त कार्यक्रममा जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला मल्टिपल डिस्ट्रिकका जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल पुर्व डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ  डिस्ट्रिक ३२५ इ का डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ डिस्ट्रिक ३२५  इका  प्रथम भाइस डिस्ट्रिक गभर्नर लायन हरि दाहाल, डिस्ट्रिक ३२५ डी का प्रथम भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामा,

डिस्ट्रिक ३२५ डी का दितीय भाइस डिस्ट्रिक गभर्नर लायनसुरेन्द्र प्रकाश बलाय लगायत क्लब अफिसर्स र सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा डिस्ट्रिक ३२५ डी का दितीय  भाइस डिस्ट्रिक गभर्नर लायन सुरेन्द्र प्रकाश बलायले स्वागत मन्तब्य राखेको कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डीका डिस्ट्रिक गभर्नर इलेक्ट लायन बिष्णु भाइ श्रेष्ठले डिस्ट्रिक गभर्नरको  थिम योजना र कार्यक्रमको बारेमा प्रकाश पर्दै डिष्ट्रिक गभर्नरको लोगो समेत सार्वजनिक गरेका थिए ।

कार्यक्रममा लायन उदय भण्डारीले क्लबका प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट, सेक्रेटरी र  कोषाध्यक्षलाइ प्रोटोकल र डेकोरमको बारेमा प्रस्तुति मार्फत प्रशिक्षण प्रदान गरेका थिए भने   डिस्ट्रिक ३२५ डी का दितीय  भाइस डिस्ट्रिक गभर्नर लायन सुरेन्द्र प्रकाश बलाय लायन रमेश रिजाल र प्रेम चुडालले एल सी आइ एफको बारेमा प्रस्तुतीकरण मार्फत प्रशिक्षण दिएका थिए ।कार्यक्रममा  मल्टिपल डिस्ट्रिकका जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले  सेवा मार्फत नेतृत्व बिषयमा आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेको कार्यक्रममा जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला  र लायन शोभा गुरुङले मेम्बरशिप बृद्दि,  महिला परिवार र क्लब एक्स्टेन्सन को बिषयमा प्रशिक्षण प्रदान गरेका  थिए ।

 कार्यक्रममा  डिस्ट्रिक ३२५ डी का प्रथम भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामा  क्याबिनेट सेक्रेटरी लायन महेश आचार्य र  ट्रेजरर लायन लब कुमार श्रेष्ठले  क्लबका प्रेसिडेन्ट, भाइस प्रेसिडेन्ट, सेक्रेटरी र  कोषाध्यक्षको भूमिकाको बिषयमा प्रस्तुतिकरण  मार्फत प्रशिक्षण प्रदान गरेको कार्यक्रममा लायन दिपक चापागाईले एन एल एफ मार्फत कसरी फुड ब्यांक स्किन बैंक, कपी ब्यांकलाइ बलियो बनाउने बिषयमा प्रस्तुतीकरण मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।

डिस्ट्रिक जि एल टि  कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठले माइ एल सी आइ को पहुँच र रिपोर्टिंङको बिषयमा प्रशिक्षण गरेको कार्यक्रममा डिस्ट्रिक डी का जी एस टि कोर्डिनेटर लायन नवराज बास्तोलाले माइ लायन को  रिपोर्टिंङको बिषयमा प्रस्तुतीकरण मार्फत प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।