सञ्चयकोषको व्यवस्था र सेवा सुविधाबढाउन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको माग

सञ्चयकोषको व्यवस्था र सेवा सुविधाबढाउन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको माग

कपन अनलाइन
काठमाडौं, असार २ ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले कर्मचारीहरुको सेवा/सुविधा बढाउन माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलनगर्दै एशोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि अन्य राष्ट्रसेवक कर्मचारीको जत्ति नै सेवा सुविधा पाउनु पर्ने भन्दै तलव वृद्धि गर्न सरकारसँग माग गरेको हो ।
उनीहरुले अवकासपछि रित्तोहात फर्कनुपर्ने अवस्थाको अन्त्यगर्दै सुविधा सहित कर्मचारीहरुलाई विदाई गर्नुपर्ने पनि माग अघि सारेका छन् ।
एशोसिएनसनले तलव स्केल अत्यन्त अन्यायपूर्ण भएको भन्दै पुरा काम सहित तलव स्केल वैज्ञानिक र व्यवहारिक बनाइनुपर्ने समेत प्रस्ताव अघि बढाएको छ ।
त्यस्तै, संचित बिरामी बिदाको रकम एक मुस्ट दिने व्यवस्थागर्न, सिमित बिदा वापत जिल्ला तथा ईलाका हुलाकका कर्मचारीले पाए सरह थप एक महिनाको पारिश्रमिक पाउनुपर्ने, पोशाक सहितकाअन्य सुविधाहरु उपलब्ध गराइनुपर्ने पनि सरकारसँग एशोसिएसनको माग छ ।
मूल्य बृद्धिको अनुपातमा राष्ट्रसेवक कर्मचारीको तलव बृद्धि हुँदा हुलाकका कर्मचारीको पनि एकै साथ बृद्धि गरिनुपर्ने, अतिरिक्त हुलाक नियमावली २०३४ तत्काल परिमार्जन गरिनु पर्ने र संचयकोषको व्यवस्थागर्न समेत सरकारसँग आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एशोसियसनका अध्यक्ष टंकप्रसाद हुमागाँईले अतिरिक्त हुलाक भनेको नेपालको एउटा भित्रि बस्तीसम्म पुगेको सरकारको सेवा पुर्याउने संस्थाभएको बताए ।

जुन सरकारले आज ११ हजार कर्मचारीहरुको सेवासुविधा नबढाएको जिकिर गरे । तलव स्केल अत्यन्त अन्यायपूर्ण रहेको सन्दर्भमा पुरा काम सहित तलव स्केल वैज्ञानिक र व्यहवारिक बनाइनु पर्नेमा उनले जोड दिए ।
साढे ९ हजार निजामती कर्मचारी भएकोमा कटौती गरेर सरकारले करीब ७हजार निजामति कर्मचारीमात्र राखेको भन्दै उनले तीनहजार जना करारका कर्मचारी रहेको उनले उल्लेख गरे ।उनले भने,‘गाउँ–गाउँ र बस्तीसम्म दिनको २ सय रुपैयाँलिएर चिठ्ठी बाँड्न गइरहेको छौं । सरकारले हाम्रो श्रम शोषण गरिरहेको छ ।’ हुलाकमा दरबन्दी खाली भएपनि अतिरिक्त कर्मचारीलाई स्थान नदिएकोमा उनले दुःखेसो पोखे । सम्पुर्ण राष्ट्रसेवकको तलवबृद्धि भएपनिअतिरिक्त हुलाकक र्मचारीको हुननसकेको उनले बताए ।
उनले भने,‘०७७/७८ को बजेटले हाम्रो तलव वृद्धि नगरेको भन्दै तलव वृद्धिको लागि पुरै १ वर्ष सम्बन्धित निकायमा पुगियो तर, कतै केही चलेन । अर्थमन्त्रलयमा पुगेको फाइलकतै चल्न सकेन ।’
त्यसैगरी, उनले ०७९/८० को बजेटमा पनि सम्पुर्ण राष्ट्र सेवकको तलव बृद्धि भएपनि आफुहरुको नभएकोमा दुःखव्यक्त गरे । सरकारको काम गरेको भन्दै उनले निजामती कर्मचारीले जत्ति नै दण्ड र जरिवाना लाग्ने तर सुविधा नपाएको भन्दै आपक्ति जनाए ।
उनले हुलाक सेवा विभाग, जिल्लाहुलाक, इलाका हुलाकलाई सरकारको हुलाक भन्ने गरिने तर अतिरिक्त हुलाकलाई सौतेनी हुलाकको रुपमा लिएको भन्दै आक्रोस पोखे । उनले भने,‘हामीलाई सौतेनी पाटोको हिसाबमा अर्कैमा राखिएको छ।’
काभ्रेका तारानाथउप्रेतीले अतिरिक्त हुलाक नेपालमा पहिलो सञ्चारमाध्यम भएको सुनाए । अतिरिक्त हुलाक र कर्मचारीको मर्म अहिलेसम्म सरकारले नबुझेको उनको भनाई थियो । सरकारले झण्डै ०६२/६३ को आन्दोलनपछि अतिरिक्त हुलाकलाई खारेज गर्न खोजेपनि एशोसियसनकाअध्यक्ष टंक हुमागाइले जोगाएका दाबी गरे ।
सरकारले अतिरिक्त हुलाक खारेज गर्न खोजेपनि टंककै कारण बन्दगर्न नसकेको उनले तर्क गरे । उनकै (टंक)कै कारण ११ हजार बढी कर्मचारीहरुको पालनपोषण भईरहेको उनले उल्लेख गरे ।

‘आकाश खसाउने र पताल भसाउने खालका माग थिएनन् । के हामी यो देशका प्रशासक र राजनीतिक नेतालाई कहिल्यै पनि खाँचो पर्दैनौँ ? यो देश हाम्रो पनि होइन? के हामीभोकै र अकलामै मर्न जन्मेकाहौँ ? के हामीले देशका लागि केही गरेका छैनौँ ? के हामी यो देशका नागरिक होईनौँ ?आज हामीले यिनै प्रश्नहरु सोध्ने बेला भएको छ ।’–एशोसिएशनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।