तारकेश्वर नगरपालीकामा डोजर चलाउन र जग्गा कित्ता काटमा रोक

तारकेश्वर नगरपालीकामा डोजर चलाउन र जग्गा कित्ता काटमा रोक

कपन अनलाइन
काठमाडौं, असार २ ।

तारकेश्वर नगरपालीकाले नगरभित्र डोजर चलाउन रोक लगाएको छ । जग्गा प्लटीङ्ग गर्ने नाममा डोजर चलाउदा बर्खायाममा हुन सक्ने प्रकोपबाट सम्भावीत खतरा रोक्न नगरपालिकाले सूचना जारी गर्दे अर्को सूचना जारी नभएसम्म डोजर चलाउन रोक लगाएको छ । नगरपालिकाका ईन्जिनियर पूर्णकाजी मर्हजनद्धारा जारी गरिएको सूचना अनुसार कसैले डोजर चलाइएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गर्ने र अन्यब्यक्तीको सम्पतीमा क्षती भएमा स्वंयमले भरताल गर्नुपर्ने छ ।

जग्गाको कित्ताकाट पनि रोक

सरकारले गत २३ जेठमा जारी गरेको भूउपयोग नियमावली (२०७९ले नियमावली अुनसार अव तारकेश्वरमा पनि वर्गीकरण नभएका जग्गाहरु धितो ,बन्धकमा , कित्ताकाट आदी सबै बन्द भएको छ ।
नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित मालपोत कार्यालयहरुले वर्गीकरण नभएका जग्गाको कारोबार रोक्का राख्न छाडेका हुन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार मनित्रपरिषदबाट पारित भएको नियमावली अनुसार अब वर्गीकृत नभएका जग्गा धितो रुपमा राख्न नसकिने देखिएको छ ।

तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो ।

खेती योग्य जमिन वा कृषि योग्य नभएको, कुन प्रयोजनको लागि हो सो वर्गीकरण गर्नु पर्ने र सोही वर्गीकरणको आधारमा मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनको लागि सिफारिस गर्नुपर्ने मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।

 नगरपालिकाले जारी गरेको सूचना :

तपाइँको प्रतिक्रिया ।