हेम विक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेसनलिस्ट पिपल्स पार्टीमा समाहित

हेम विक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेसनलिस्ट पिपल्स पार्टीमा समाहित

कपन अनलाइन
काठमाडौं, असार २ ।

हेम विक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेसनलिस्ट पिपुल्स पार्टीमा समाहित भएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्र्दै सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित भएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य ओम भण्डारीले १४ महिना अघि नेश्नलिष्ट पिपल्स पार्र्टी दर्ता गरिएको जानकारी दिए । उनले नागरिक समाज पार्टीका हेम विक्रम सिलवाल पार्टी प्रवेश गरेसँगै प्रवक्ताको जिम्मेवारी दिइएको बताए ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफ्नो पार्टी भएको दाबी गर्दै उनले भने,‘हाम्रो पार्टी शेरोमेनियल मोनाल्कीको पक्षमा छ, जनताको मत लिएर जनमत संग्रहमा लगेर टुंग्याउने छौं । जातियता र क्षेत्रियता उन्मुलन, धर्म र जातीमा भएका समस्यालाई जनमत लिएर जनतामाझ जानेछौ ।’
उनले आफ्नो पार्टीले इतिहासलाई सम्मान गर्ने दाबी गर्दै संसदीय व्यवस्थाको विरोधी भएपनि विस्तारै परिवर्तन गरेर अघि बढ्ने बताए । भ्रष्टाचार निर्मुल गर्ने र अन्य पार्टीको विरोध नगर्ने पनि आफ्नो पार्टीको नीति भएको सुनाए ।
भर्खरै पार्टीको स्थापना भएपनि केन्द्र, जिल्ला, गाउँ तथा नगर समिति गठन गरिसेको भन्दै उनले केन्द्रीय समितिमा ८५, प्रदेश ४५, जिल्ला ३५ र वडा कमिटी १५ जना रहेको तथ्यांक सुनाए ।
त्यस्तै, प्रवक्ता हेमविक्रम सिलवालले नेपालको नागरिक समाजको आन्दोलनबाट आफुले विकृति र विसंगतीको विरुद्ध बोल्न सिकेको सुनाए । आफु सम्लग्न भएको नागरिक समाजले गत स्थानीय चुनावमा देशभर १६५ जना स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेपनि विजयी हुने सम्भवना नदेखेपछि आफुहरु ब्याक भएको सुनाए ।
मल्टीपार्टी डेमोक्रेसीलाई बलियो बनाएर, विद्यमान भ्रष्टाचारलाई अन्त्य गर्न, महंगो निर्वाचन प्रणालीलाई विस्थापित गर्न र आफुले उठाएको एजेण्डालाई स्थापित गर्न नेश्नलिष्ट पिपल्स पार्टी प्रवेश गरेको सुनाए । एकदिन अघि मात्र नयाँ पार्टीको सदस्यता लिएको उनले सुनाए । असार लागि सक्दा पनि जनताले मल नपाएकोमा उनले आपक्ति जनाए ।
मल्टिपार्टी डेमोक्रेसीमा राजनीतिक प्रणालीलाई चिर्न नागरिक समाज पार्टी नै नेश्नलिष्ट पिपल्स पार्टी नै समाहित भएको उनले जानकारी दिए ।
उनले अहिलेको निर्वाचन प्रणाली जनतालाई जोगी बनाउने भएको समेत दाबी गरे । सिलवालले भने,‘संदसदीय व्यवस्थालाई अझै १० वर्ष टिकाइराख्ने हो भने नेताहरु थप गरिब हुँदै जान्छ । निर्वाचन प्रणालीले समाज रुपान्तरण गर्न सकिदैन् । भन्ने हाम्रो विचार हो ।’
नेश्नलिष्ट पिपल्स पार्टीको कृषिमा क्रान्ति गर्ने भन्ने धारणा आफुलाई मन परेको उनले सुनाए । मुलुकले १० वर्ष हिंसात्मक आन्दोलन पनि थेग्न परेपनि जनतालाई रत्तिपनि फाइदा नभएको उनले जिकिर गरे । नेपाली जनता जहिले पनि प्रयोगमात्र भएको उनले टिप्पणी गरे । नेश्नलिष्ट पिपल्स पार्टीले किसानलाई उत्पादन गर्न प्रोत्साहित गर्ने र उनीहरुले उत्पादन गरेका तरकारी बजारीकरण गर्ने पनि उनले स्पष्ट पारे । नेपालमा चाडै नै श्रीलंकामा जस्तो आर्थिक मन्दीको अवस्था नेपालमा आउनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।
यसैगरी, संगठन विभागका प्रमुख कान्त बहादुर पौडेलले गत फागुन १५ गते पार्टी विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको जानकारी दिए । उनले जनता र नेताको बीचमा खाडल देखिएको भन्दै पुरानो पार्टीको विकल्पमा आफुहरुले पार्टी स्थापना गरेको सुनाए ।
पौडेलले जनताको जनचाहाना, जनभावना र राष्ट्रको उन्नतीको लागि नेश्नलिष्ट पिपल्स पार्टीको समाजसेवाको लागि स्थापना भएको दाबी गरे । उनले केन्द्रदेखि वडासम्म पार्टीको संरचना रहेको पनि उल्लेख गरे ।

उनले १३ लाख ६२ हजार सदस्य आफ्नो पार्टीमा रहेको समेत उनले दाबी गरे ।
विस्तारै ६५ लाखको हारहारीमा पदाधिकारी र कार्यकर्ता बनाउने लक्ष्य पार्टीको रहेको उनले बताए ।
आफ्नो पार्टी अबको चुनावमा चुनावी मैदानमा जाँदा स्पष्ट बहुमतको पार्टी बन्नेमा आफु विश्वस्त रहेको उनले सुनाए ।
धेरै पार्टीमा महिलालाई स्थान नदिएको भन्दै पौडेलले आफ्नो पार्टीले महिला शसक्तिकरणका कार्यक्रम अघि बढाएको दाबी गर्दै भने,‘हाम्रो पार्टीले ५३ प्रतिशत कोटा छुट्टाइएको छ ।’ महिलाहरु आफ्नो पार्टीमा पुरै स्वतन्त्र र सुरक्षित भएको उनले बताए । पार्टीको ७७ जिल्ला संगठन लगभग बनाएको भन्दै उनले ६० जिल्लामा गठन गरिसकेको उल्लेख गरे ।

त्यस्तै, कोषाध्यक्ष रोहित थापाले पार्टीले तयार गरेको पद्धती र निस्किएका उपजहरु देशवासीहरुमा पु्रयाउने प्रतिवद्धतामा जाहेर गरे । गत २० वर्षमा देशमा धेरै परिवर्तनका कुरा आएपनि परिणाम भने जनतामुखी नभएको बताए । धेरै दलका कुरा अक्षरमा मात्र सिमित भएको आरोप उनले लगाए । आफ्नो पार्टीले बोकेको मुद्दा अक्षरमा मात्र सिमित नहुने उनले दाबी गरे ।
आजसम्म कुनै पनि दलले सम्बोधन नगरेको जनताको एजेण्डालाई बोक्न आफ्नो पार्टी तयार भएको उनको भनाई थियो । पार्टीले गरेका प्रतिवद्धता भनाईमा मात्र नभएर गरेरै देखाउने उनले पनि स्पष्ट पारे ।

तपाइँको प्रतिक्रिया ।