बागमती प्रदेशका जनप्रतिनिधिहरुलाई हेटौडामा २ दिने अभिमुखीकरण

बागमती प्रदेशका जनप्रतिनिधिहरुलाई हेटौडामा २ दिने अभिमुखीकरण

कपन अनलाइन

हेटौडा जेठ ३१ । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हेटौंडा २ दिने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबारबाट सुरु भएको छ । प्रदेशमा भएका ११९ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा दुई दिने कार्यक्रम भएको हो ।प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय सरकार संचालन र विकासबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका  थिए ।

सुशासन केन्द्रको सहयोग तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरणमा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, प्रजिअ भरतमणि पाण्डे, सुरक्षा निकायका प्रमुखहरु, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रम  आज मंगलबार सम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।