टोल टोलमा पुगी धमाधम योजना संकलन गर्दै गोकर्णेश्वर ४ का जनप्रतिनिधि

टोल टोलमा पुगी धमाधम योजना संकलन गर्दै गोकर्णेश्वर ४ का जनप्रतिनिधि

कपन अनलाइन

काठमाडौँ, जेठ ३१ । गोकर्णेश्वर नगरपालिका वडा नं ४  ले   आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग  छलफल गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को माकलबारी, गोकर्णेश्वर महादेव  मन्दिर परिसर र ऐतिहासिक देशे गाउमा सम्पन्न  उक्त छलफलमा वडा अध्यक्ष  जयराम महत  निवर्तमान वडा अध्यक्ष श्री कुमार श्रेष्ठ  निवर्तमान  उप प्रमुख शान्ती नेपाल  वर्तमान वडा सदस्य राजेश श्रेष्ठ कृष्ण श्रेष्ठ कार्यपालिका सदस्य  गौरी श्रेष्ठ, वडा सदस्य सुनिता परियार  लगायत स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन वडा सचिव नवराज सेनले गरेका थिए ।

 कार्यक्रममा वडा अध्यक्ष  जयराम महतले टोलमा गर्नु पर्ने विकासका बारेमा स्थानीयको सल्लाह सुझाव माग गरेका थिए भनें स्थानीय बासिन्दाहरुले विभिन्न विकास कार्यको चासो लिनुका साथै आवश्यक विकास माग गर्दै विभिन्न सुझाव दिएका थिए ।  वडा अध्यक्ष जयराम महतले वडाबाट माग भएका योजना र कार्यक्रम अध्ययन  गरि स्थानीयले उठाएका  योजना र समस्यालाइ सक्दो सम्बोधन गर्ने बताए। आर्थिक वर्ष २०७९/०८० को लागि  वडामा करिब ४ करोडको बजेट परेको जानकारी दिदै वडाबाट संकलन भएका योजना र मागलाई छलफल गर्दै नगरसभाबाट पारित गराउने गरी आफूहरुले  कसरत गर्ने उनले बताए ।

 वडाको चौतर्फी विकासका लागि सबैको राय–सुझाव र नमुना योजना माग गरिएको बताउदै अध्यक्ष महतले  वडालाई समृद्द बनाउनको लागि सबैको सहयोग आवश्यक रहेको भन्दै रचनात्मक सुझाब दिएर सहयोग गर्न पनि उनले वडा बासीलाइ अनुरोध गरेका थिए ।वडाले कार्यतालिका छुट्टयाएर  टोल टोलमा  बजेटको प्राथमिकता संगै योजना संकलन गरिरहेका छन  । पहुँचको भरमा बजेट विनियोजन गर्न नहुने र आवश्यकताअनुसार विकास निर्माणका गतिविधिलाई स्थानीयस्तरसम्म पुर्‍याउनुपर्ने विषयमा स्थानीयले  जोड दिएका छन्  ।

तपाइँको प्रतिक्रिया ।