गोकर्णेश्वर ९ ले आ व २०७९/०८० को योजना छनौटका लागि स्थानीय संग गर्यो छलफल

गोकर्णेश्वर ९ ले आ व २०७९/०८० को  योजना छनौटका लागि स्थानीय संग गर्यो छलफल

कपन अनलाइन

काठमाडौं ,जेठ ३० ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले  आइतबार  आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग  छलफल गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ भगवती मन्दिर परिसरमा  सम्पन्न  उक्त छलफलमा वडा अध्यक्ष राजिव थापा वडा सदस्य श्रीकृष्ण कारंजित उमेश चालिसे,लक्ष्मी गुरुङ, निवर्तमान कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ  लगायत स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष राजिब थापाले टोलमा गर्नु पर्ने विकासका बारेमा स्थानीयको सल्लाह सुझाव माग गरेका थिए भनें स्थानीय बासिन्दाहरुले विभिन्न विकास कार्यको चासो लिनुका साथै आवश्यक विकास माग गर्दै विभिन्न सुझाव दिएका थिए ।

छलफलमा अस्मिता श्रेष्ठ, पासाङ लामा, दिपक श्रेष्ठ, लेखरत्न साक्य लगायतले टोल सुधार देखि खानेपानी बाटो ढल फोहर ब्यबस्थापन शान्ति सुरक्षा लगायतको समस्याबारे जानकारी गराएका थिए। कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष थापाले आर्थिक बर्षको लागि ३ करोड बजेट सिलिंङ रहेको हुँदा स्थानीयले उठाएका समस्यालाइ सक्दो सम्बोधन गर्ने बताए। उनले पुराना अधुरा योजनालाइ पुरा गरि यसै वर्ष सम्पन्न गर्न सकिने खालका योजना छनौट गर्न समेत जोड दिएका थिए । साथै उनले यस वर्ष सम्पन्न हुन नसकेका योजनालाइ क्रमिक रुपमा आगामी वर्षमा सम्पन्न गर्ने गरि योजना छनौट गर्न पनि अनुरोध गरे।

तपाइँको प्रतिक्रिया ।