बुढानिलकण्ठ-१२ भन्छ : ढलान मापदण्ड अनुसार छ, राजनीतिक रङ्ग मिसाएर अनावस्यक प्रचार
कपन अनलाइन
काठमाडौं, जेठ ३०।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ वुशुक्वान नजिक भएको करिव १४० मिटर सडक ढलान कार्य इस्टिमेट र मापदण्ड अनुसार रहेको बताउदै वडा कार्यालयले पूर्ण जाँच र अनुगमन पश्चात मात्र थप प्रकृया अगाडी बढ्ने बताएको छ।
सो ढलान कार्य सम्पन्न भए पश्चात पार कटिङ्ग गरेर ल्याव परिक्षण हुने जानकारी दिदै वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले उपभोक्ता समिति,लाभान्वित स्थानीय वडावासी र ठेकेदारको उपस्थितिमा ढलान गरिएकोले गुणस्तर र मापदण्डका वारेमा अनावस्यक प्रचार गरिएको बताएका छन।
वडा नं १२ को विकास र निर्माणमा सबै राजनीतिक दल,टोल विकास समिति ,सरोकारवाला लाभान्वित र सबै वडावासीहरुको साथ र सहकार्यमा काम गर्ने वडाको उदेस्य र चाहाना रहेकोले विकासका कामलाई राजनीतिक रंग दिएर प्रचार गरिनु दुखद रहेको भन्दै अध्यक्ष भट्टराईले वडा कार्यालय गुणस्तरीय र सहभागिता मुलक विकासमा सधै प्रतिवद्ध रहेको बताएका छन।
भर्खरै निर्वाचन सम्पन्न भएको अवस्थामा विकास निर्माणमा राजनीतिक रंग मिसिएको हुन् सक्ने आशंका व्यक्त गर्दै अध्यक्ष भट्टराईले नगरपालिकाको बजेटमा निर्माण भैरहेको सो ढलान कार्यको अनुगमन र परिक्षण भर पश्चात मात्रै भुक्तानी दिइने प्रक्रिया रहेको जानकारी दिएका छन।
कसरि मिसियो राजनीतिक रङ्ग ?
बुढानिलकण्ठ नगरपालिकाका धेरै स्थानमा अहिले विकास निर्माणका काम भैरहेका छन भने तिनको सामाजिक संजालमा प्रचार पनि भैरहेको छ।
यसै क्रममा वडा नं १२ को वुशुक्वान नजिक भएको ढलानले भने निकै चर्चा पायो । वडामा भैरहेको करिव १४० मिटर सडक ढलानको तस्विर सामाजिक संजालमा सार्वजनिक भए संगै धेरै प्रतिक्रियाहरु व्यक्त भएका थिए।
नेकपा एकीकृत समाजवादी वडा नं १२ का अध्यक्ष रामशरण सापकोटाले पोस्ट गरेको तस्विरमा प्रतिक्रिया व्यक्त गर्न नगरको नेतृत्वमा रहेका नेताहरुनै उत्रिएपछी सो तस्विर स्थानीय संचार माध्यममा समाचार बन्दै राजनीतिक रंग मिसिन पुगेको थियो।
नेकपा एसका वडा कमिटी अध्यक्ष सापकोटाले पोस्ट गरेको तस्विर मुनि कमेन्ट लेख्दै नेकपा एसका नगर कमिटी अध्यक्ष हरिराम ढुंगानाले स्थानीय पत्रकारहरुलाई मेन्सन गरेका छन भने नेपाली कांग्रेसका सभापति राजाराम बुढाथोकीले समाचारको लिंक शेयर गरेका छन।
त्यस्तै नेपाली कांग्रेसका नगर सह सचिव कुमार खड्काले कमेन्ट लेख्दै आक्रोस व्यक्त गरेका छन भने नेपाली कांग्रेस वडा नं १२ का सभापति सुनीत चालिसेले कमेन्ट लेख्दै खबरदारी गर्नुपर्ने धारणा राखेका छन।
त्यस्तै नेकपा एसका क्षेत्रीय सचिव पुरुषोत्तम नेपालले नगर उपप्रमुख अनिता लामालाई मेन्सन गर्दै अनुगमनका लागि अनुरोध गरेका छन भने लक्ष्मण सापकोटाले प्रतिपक्षी दल नभएको वडामा यस्तै हुने भन्दै व्यंग्य गरेका छन।
जेष्ठ २९ गते दिन भर स्थानीय नेताहरुको प्रतिक्रिया आइरहेको तस्विरका वारेमा ठेकेदार राजेन्द्र गुरागाईले पनि संचार माध्यम संग कुरा गर्दै गुणस्तर र मापदण्ड अनुसार नै काम भएको बताउदै नेकपा एसका काठमाण्डौ उपसचिव तथा क्षेत्रीय अध्यक्ष धुर्व राज न्यौपानेले पनि ढलान निर्माण कार्यको स्थलगत निरीक्षण गरेको जानकारी दिएका छन।
विकास निर्माणका कार्यमा प्रतिसोध भन्दा पनि प्रतिस्पर्धा हुनुपर्ने वडा नं १२ का पाचै जना जनप्रतिनिधिहरुको लक्ष्य र धारणा रहेको बताउदै वडा अध्यक्ष भट्टराईले बजेट निर्माण र विकास निर्माणका कार्यमा सहभागिता का लागि सबै वडावासीलाई आव्हान गरेका छन।
आगामी आवका लागि बजेट र कार्यक्रममा निर्माण र विकासका काममा सक्रिय रहेका जनप्रतिनिधिहरुलाई निरुत्साहित भन्दा पनि उत्साहित बनाउनु पर्ने भन्दै ढलानबाट लाभान्वित स्थानीयहरुले संजालमा प्रचार भन्दा पनि नीति निर्माण र स्थलगत खवरदारीमा जोड दिनुपर्ने बताएका छन।
जेष्ठ २९ गते नै सो ढलान कार्य सम्पन्न भए पनि यसको चर्चाको राप भने केहि दिन रहन सक्ने बताउदै वडाका एक बुद्दिजिवीले वडाका विपक्षी दलहरुले विकासमा विरोध र वडा कार्यालयको कार्यसम्पादनमा अवरोध गर्न सक्ने विश्लेषण गरेका छन।