निवर्तमान जनप्रतिनिधिलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ४ परिवारको सम्मान

निवर्तमान जनप्रतिनिधिलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ४ परिवारको सम्मान

कपन अनलाइन

काठमाडौं, जेठ २८  ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ परिवारले निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।  शुक्रबार एक कार्यक्रमका बीच स्थानीय तहका पहिलो जनप्रतिनिधिलाइ सम्मान गरेको हो ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष जयराम महतको अध्यक्षता भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का निवर्तमान वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, निवर्तमान वडा सदस्य बालकृष्ण श्रेष्ठ, उमा थापा, बिष्णु सुनामलाइ २०७४ साल जेठ ८ गते देखि जन निर्वाचित भइ २०७९ साल जेठ ८ गते सम्म नगर तथा वडाको सामाजिक आर्थिक भौतिक पूर्वाधार लगायत विकास निर्माणका कार्यमा पुर्याएको योगदानको कदर गर्दै प्रसंशा पत्र सहित सम्मान गरेको हो  ।

उक्त कार्यक्रममा नवनिर्वाचित  कार्यपालिका सदस्य एबम वडा सदस्य गौरी श्रेष्ठ , नव निर्वाचित वडा सदस्य कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, सुनिता परियार सहित वडा सचिब नवराज सेन लगायत वडाको कर्मचारीहरुको उपस्थिति रहेको थियो  । कार्यक्रमलाइ  निवर्तमान  वडा अध्यक्ष  श्री कुमार श्रेष्ठ,  निवर्तमान वडा सदस्य बालकृष्ण श्रेष्ठले वडालाइ धन्यबाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा वडाको विकास निर्माण कार्यको जग बसालेको र बसालेकाले  जगमा  विकासको इट्टा थप्ने काम गर्नुपर्नेमा जोड  दिएका थिए ।उनीहरुले  आफ्नो कार्यकालमा वडा समितिले मिलेरनै काम गरेको हुँदै धेरै काम गर्न सफल भएको स्मरण गर्दै नव निर्वाचित टिमले पनि कुनै मन मुटाव नराखी काम गर्नु पर्नेमा जोड दिएका थिए ।

जनताको अभिमतबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नेमा बिश्वस्त रहेको बताउदै उनीहरुले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हुने भन्दै जनताको मतको सम्मान गर्दै नया टिमले  काम गर्दै जाँदा  आफुहरुको आवस्यकता महसुस गरेको खण्डमा सल्लाह सुझाब दिएर  सहयोग गर्न सदैब तयार रहेको बताएका थिए ।

  उनीहरुले आफ्नो  अनुभवलाइ सधै  वडाको विकासका लागि खर्चने र सधै सकरात्मक सहयोग गर्ने समेत  प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए ।

त्यसै गरि कार्यक्रमलाइ सम्बोधन गर्दै नवनिर्वाचित वडा अध्यक्ष जयराम महतले उपस्थित सबैलाई धन्यबाद दिदै सबै संग मिलेर नै वडाको विकासमा लाग्ने बताएका थिए । उनले वडाको  विकासका लागि सबैका भावना र सुझाव समेट्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

उनले वडाको समग्र बिकासको लागि सकारात्मक सहयोगको पनि उनले अपेक्षा गरेका थिए  ।   कार्यक्रममा वर्तमान वडा सदस्य राजेश  श्रेष्ठ कृष्ण श्रेष्ठ,  सुनिता परियार लगायतले वडाको विकासमा सबैको सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गर्दै सबैको भावना समेटर अघि बढ्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।