कपन क्षेत्रका जनप्रतिनिधिहरुलाई कपन साहित्य समाजको सम्मान , “भोका सपनाहरु” सार्वजनिक

कपन क्षेत्रका जनप्रतिनिधिहरुलाई कपन साहित्य समाजको सम्मान , “भोका सपनाहरु” सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

२०६१ सालमा स्थापना भएर निरन्तर साहित्यिक उन्नयनको क्षेत्रमा क्रियाशील कपन साहित्य समाजले बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ का जनप्रतिनिधि सहित नगर प्रमुख र उपप्रमुखलाई सम्मान गरेको छ।

कपन क्षेत्रका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको कार्यक्रममा कवी होम शंकर बास्तोलाको कविता संग्रह  “भोका सपनाहरु” पनि  सार्वजनिक गरिएको छ।

कपन साहित्य समाजका अध्यक्ष गणेश कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय प्रमुख अतिथि रहेका थिए ।

कवी तथा प्राध्यापक डा. राम प्रसाद ज्ञवाली ,कवी मित्रलाल पंज्ञानी , प्राज्ञ डा. हेम प्रसाद पौडेल, कवी आर एम डंगोल लगायत अतिथि रहेको कार्यक्रममा उपाध्यक्ष डा. विष्णु केसीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव लक्ष्मण अधिकारीले संचालन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।