जिसस काठमाडौंको प्रमुखमा सन्तोष बुढाथोकी र उपप्रमुखमा शान्ती पाण्डे
कपन अनलाइन
काठमाडौँ, जेठ २७ ।
जिल्ला समन्वय समिति (जिसस) काठमाडौंको प्रमुखमा नागार्जुन नगरपालिका वडा नं १० का सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । यस्तै जिसस काठमाडौंको उपप्रमुखमा बुढानीलकण्ठ नगरपालिका वडा नं ९ की शान्ती पाण्डे पनि निर्विरोध निर्वाचित भएकी छन् ।
यस्तै सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवार कीर्तिपुर नगरपालिकाका नरेन्द्र श्रेष्ठ, टोखा नगरपालिकाका राजकुमार विडारी र तारकेश्वर नगरपालिकाका सुदिप घिमिरे सदस्यमा निर्वाचित भएका छन ।
जिल्ला समन्वय समिति काठमाडौंको दलित अल्पसंङ्ख्यक कोटाबाट सदस्यमा भने नेकपा एमाओबादी केन्द्रकी सपना परियार निर्बिरोध विजयी भएकी छन् ।
तपाइँको प्रतिक्रिया ।