जिसस काठमाडौंको उपप्रमुखमा बुढानिलकण्ठ नगरपालिका वडा नं ९ की शान्ती पाण्डे

जिसस काठमाडौंको उपप्रमुखमा बुढानिलकण्ठ नगरपालिका वडा नं ९ की शान्ती पाण्डे

कपन अनलाइन

काठमाडौँ, जेठ २७ ।

जिल्ला समन्वय समिति (जिसस) काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं ९ की शान्ती पाण्डे पनि निर्विरोध निर्वाचित भएकी छन्।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट वडा नं ९ को महिला सदस्यमा उम्मेदवार रहेकी पाण्डे ९१९ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन्।

(जिसस) काठमाडौंको प्रमुखमा नागार्जुन नगरपालिका वडा नं १० का सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवार कीर्तिपुर नगरपालिकाका नरेन्द्र श्रेष्ठ, टोखा नगरपालिकाका राजकुमार विडारी र तारकेश्वर नगरपालिकाका सुदिप घिमिरे सदस्यमा निर्वाचित भएका छन  ।

जिल्ला समन्वय समिति काठमाडौंको दलित अल्पसंङ्ख्यक कोटाबाट सदस्यमा भने नेकपा एमाओबादी केन्द्रकी सपना परियार निर्बिरोध विजयी भएकी छन् ।

 

तपाइँको प्रतिक्रिया ।