बीएनए कप अन्तरविद्यालय बास्केटबलमा भ्याली पब्लिक र इबीएको जित

बीएनए कप अन्तरविद्यालय बास्केटबलमा भ्याली पब्लिक र इबीएको जित

कपन अनलाइन
काठमाडौं, जेठ २६।
भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।
भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा विशाल परियारले ८ अंक योगदान गरे । निखिल शाहीको ६ अंक सहयोगमा इबीएले स्काइलार्कलाई १४–५ ले हरायो ।
सिनियर ब्वाइजमा एचएचसीए, गोल्डेनपिक, ग्रिनल्यान्ड र नेपाल मोडेलले सफलता पाए । एचएचसीएले इबीएलाई ३२–१४ ले पन्छायो । एचएचसीएका विक्रम तामाङले ६ अंक जोडे । गोल्डेनपिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३६–३१ ले निराश पा¥यो । गोल्डेनपिकका दिनेश रपालले २२ स्कोर गरे । ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि ३९–३४ को जित दर्ता ग¥यो । ग्रिनल्यान्डका निम्ति दिवश भुजेलले ११ अंक बटुले । नेपाल मोडेलले हिमरश्मीलाई २२–१९ ले पाखा लगायो । विजेताका सतिश श्रेष्ठले २० अंक जोडे ।
सिनियर गल्र्समा आयोजक बीएनए विरुद्धको खेलमा भ्याली पब्लिक २७–२ ले विजयी भयो । भ्याली पब्लिककी लोरिशा गौचनले सर्वाधिक १६ स्कोर गरिन् । दुई खेल वर्षका कारण स्थगित भयो ।

तपाइँको प्रतिक्रिया ।