यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा भएको हो। काठमाडौंमा बुधबार दिउँसो पनि वर्षा भएको थियो।

पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको महाशाखाले बताएको छ।

महाशाखाले बिहीबार दिउँसो प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

तपाइँको प्रतिक्रिया ।